च्याउ बेचेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

कालिकोट : खाँडाचक्र नगरपालिका २ निवासी विनोद खड्काले च्याउ बेचेरै मासिक दुई लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्। खाँडाचक्र नगरपालिकाका गाडी चालकसमेत रहेका खड्काले पहिलोपटक सुरु गरेको व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका हुन्।

उनले इच्छा च्याउ उद्योग स्थापना गरी जिल्ला मान्मस्थित जिल्ला अस्पताल नजिकै कराइचेको झार रहेको ठाँउमा प्लास्टिकको सामान्य टहरा निर्माण गरी च्याउखेती गरेका छन्। दैनिक १५ देखि २० किलो च्याउ बिक्री हुने गरेको उनले बताए। गाडी चालकसँगै कसानको पनि परिचय बनाएका विनोद खड्काले जागिरभन्दा व्यवसायबाटै राम्रो आम्दानी हुन थालेको बताए।

आफुले करिव दुई महिना अगाडिदेखि सुरु गरेको च्याउखेतीबाट मासिक दुई लाख बराबरको आम्दानी लिन थालेको उनको भनाइ छ। उनले भने, ‘अब वर्षभर नै व्यावसायिक च्याउ खेती गर्छु। बरु यो नगरपालिकाको गाडी चलाउने जागिर छोडिदिन्छु। च्याउ बेचेकै पैसाले आफ्नै बोलेरो गाडी किनेर कालिकोटदेखि दैलेख, सुर्खेत, जुम्ला बजारसम्म च्याउको ढुवानी गर्छु।’

उनले थोरै लगानीमा मनग्य आम्दानी लिन सकिने भएकाले च्याउप्रति आफू आकर्षित भएको बताए। उनले भने, ‘नगरपालिकाको गाडी चलाउने जारिबाट आएको तलबले परिवारको खर्च टार्न हम्मेहम्मे हुन्थ्यो। अहिले घरमा उत्पादन भएको च्याउ टिप्दा दैनिक १५ देखि २० किलोसम्म आउँछ। बजार लिएर बिक्री गर्दा दैनिक ६ हजारदेखि आठ हजारसम्म कमाउछु।’ उनले अझै च्याउखेती बिस्तार गर्ने बताए। हाल एउटा प्लास्टिक घर निर्माण गरेका उनले अब दुईवटा थप प्लास्टिकका घर निर्माण गर्ने योजना सुनाए।
अन्नपुर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?