यो वर्ष स्याउको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान

मुगु– यो वर्ष जिल्लामा स्याउको उत्पादन ५० प्रतिशतले घट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार स्याउका स–साना दाना लाग्ने बेला गत जेठको दोस्रो साता र तेस्रो साता परेको असिना पानीले दाना झारेपछि अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउको उत्पादन ५० प्रतिशतले घट्ने प्रारम्भिक अध्ययनले देखाएको हो।

जिल्लाभर ५ वटा स्याउका पकेट क्षेत्र तोकिएको र ति क्षेत्रबाट झण्डै ६० देखि ७० मेट्रिक टन स्याउको उत्पादन हुने अनुमान स्याउको फुल फुल्ने बेला अनुमान गरिएपनि दाना लाग्ने बेला भारी असिना पर्दा सुरुमा गरिएको अनुमानभन्दा उत्पादन निकै कम हुने कृषि प्रसार अधिकृत रामसुरथ पालले बताए।

अघिल्लो वर्ष स्याउको उत्पादन राम्रो हुँदा ५५ मेट्रिक टन निर्यात भएपनि यो वर्ष फल लाग्ने बेला असिना परेकाले स्याउको उत्पादन २५/३० मेट्रिक टनसम्म उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाका ताल्च, वाम, घट्टलेख, चिमाथ र सोरुकोटलाई स्याउको पकेट क्षेत्र मानिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments