किसानलाई पाँच प्रतिशत ब्याजदरमा कर्जा दिईने : कृषीमन्त्री भुसाल

काठमाडौँ : कृषीमन्त्री घनश्याम भुसालले किसानलाई सस्तो ब्याजदरमा कर्जा प्रदान गरिने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोभिड–१९ कारका मुलुकभरीका किसान मर्कामा परेकाले किसानलाई पाँच प्रतिशत ब्याजदरमा कर्जा दिईने बताएका हुन्।

आगामी आर्थिक वर्ष ०७६/०७७ का बजेटमा सरकारले करिब एक खर्ब ५० अर्ब रुपैयाँ विनियोजना गरेको बताउँदै मन्त्री भुसालले कृषिमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्नै बताए।

कोभिड–१९ का कारण सरकारले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेकाले सस्तो ब्याजदरमा किसानलाई ऋण दिने दिईने उनले बताए।

कोभिड–१९ महामारीको पछिको बेरोजगारी समस्यालाई सम्वोधन गर्न कृषि क्षेत्रमा लगानी बढाईने उनले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?