भुटेको मकै खादा स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा जानिराखौ

गाउँघरमा भुटेको मकै खाजको रुममा लिने गर्छन् जुन स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । अहिले शहरिया जीवन पनि भुटेको मकैमा लोभिएको छ । तर फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न भनिने भुटेको मकै गाउँघरको भन्दा फरक छ।

घरमै भुटेको मकै भन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।

भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुँदैन। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले शरीरमा हड्डीलाई मजबुत बनाउँछ । यसमा आइरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र पर्याप्त हुन्छ। यसले शरीरमा रगत अभावको समस्याबाट जोगाई कमजोरी हुनबाट बचाउँछ। भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रवाहलाई तीव्र बनाई रक्तचाप नियन्त्रण गर्छ। यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।

भुटेको मकैबाट स्वास्थ्यमा हुने फाइदाहरु :

क्यान्सरबाट बचाउँछ

भुटेको मकैमा धेरै मात्रामा पोलिफेनोलिक यौगिक हुन्छ जुन सबेभन्दा शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसको शरीरमा निकै आवश्यकता पर्छ । एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने फ्रि रेडिकल्सबाट मुक्ति दिलाउँछ ।

बुढ्यौली रोक्छ

भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।

मोटोपना घटाउँछ

भुटेको मकैमा केवल ३० क्यालोरी मात्रै प्राप्त हुन्छ जुन आलूको चिप्सको समान मात्राभन्दा लगभग ५ गुणा कम हो । यसभित्र रहने तेल पनि शरीरका लागि फाइदाजनक हुन्छ ।

हड्डी मजबुत बनाउँछ

भुटेको मकैमा म्यागनिज पर्याप्त मात्रामा पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । भविष्यमा ओस्टेपोरोसिस, एथ्रिटिस र ओयस्ट्रोआथ्रिसिसबाट पनि यसले बचाउँछ ।

आइरनको प्रचुरता

एक वयस्क पुरुषलाई प्रति दिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।

मधुमेहका रोगीलाई लाभकारी

भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?