किसानले आलुको मूल्य पाएनन्

बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा

सर्लाही। जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन् । खुल्ला सिमाना हुँदै भारतीय आलु बजारमा भित्रिएपछि आफूहरुले आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए ।

“भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उनले भन । अहिले रातो आलु रु २८ र सेतो प्रतिकेजी रु २४ मा बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यस वर्ष पनि बढ्न नसकेपछि यसको विकल्प खोज्न थालेका छन् ।

स्थानीयवासी शिवजी महतो भने, “पहिले आलु खेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ, गत वर्ष पनि आलु खेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।” पाँच वर्षपहिले प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० मा बेच्नु परेको किसान रोहन महतोले गुनासो गरे। सबैभन्दा बढी आलु उत्पादन जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानहरुले खेतबारीमा नै आलु थुप्रो लगाएर राखेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले बताए।

लामो समयसम्म आलु जमीनमा राख्न नमिल्ने भए पनि जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा किसानहरु थप मारमा परेका हुन् । जिल्लामा शीतभण्डारका लागि पटकपटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् । राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानहरुले बताएका छन् । लकडाउनको समयमा पनि नेपाली बजारमा भारतीय आलु आउँदा आफूहरु अचम्मित भएको जिल्लाका किसानहरुले बताएका छन् । अहिले जिल्लाका अधिकांश बजारहरुमा आयातित आलु, प्याज तथा कागतीको समेत बिगबिगी रहेको छ ।

खुल्ला सिमाना रहेको जिल्लाका बजारहरुमा भारतीय बजारका तरकारीहरु तथा फलफूलहरु परीक्षणबिना नै भित्रने गरेका छन् । आवतजावतसमेत रोक लगाइएको भए पनि भारतीय तरकारी तथा फलफूलहरु परीक्षणबिना नै बजारमा आउने गरेका छन् । कागती, आलु, प्याज, खुर्सानीलगायत तरकारीहरु र स्याउलगायत अन्य फलफूलहरु यतिबेला बिनापरीक्षण बिनारोकटोक नेपाली बजारमा आउने गरेको पाइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?