खुडोल फाँटमा खोकनावासीले रोपे धान
![](https://krishisuchana.com/app/uploads/2020/07/khokana.jpg)
काठमाडौँ — खुडोल फाँटमा शनिबार खोकनावासीले सांकेतिक विरोध गरेका छन् । उनीहरुले धान रोपेर र भटमासको बिउ छर्दै सांकेतिक रुपमा विरोध जनाएका हुन् ।
यसअघि खुडोल फाँटमा धान रोप्न जाँदा प्रहरी र स्थानीयबीच झडप हुँदै आएको थियो । खुडोल क्षेत्रमा शनिबार प्रहरीको उपस्थिती नभएपछि खोकनावासीले धान रोपेका हुन् ।
खुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।
उनीहरुले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।कान्तिपुर