भारतबाट २२ लाख किलो कोदो आयात

कोदो खेती

काठमाण्डौ – नेपाललाई कृषिप्रधान देश भनिए पनि सबैजसो कृषि सामग्री विदेशबाट आयात हुन्छन् ।

गएको आर्थिक वर्षमा साढे ३३ अर्ब रुपैयाँभन्दा धेरैको धान/चामलमात्रै आयात भएको छ । हरियाे सागपातदेखि तरकारीसम्म विदेशबाटै आयात हुन्छ ।

अचम्मको कुरा त नेपालको पाखा बारीमै फल्ने कोदोसमेत विदेशबाटै आयात हुन्छ । त्यो पनि लाखौँ किलोको मात्रामा । गएको आर्थिक वर्ष २०७६/७७ मा झण्डै २२ लाख किलो कोदो आयात भएको छ।

गएको वर्ष २१ लाख ७२ हजार ६ सय २५ किलो कोदो भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ । विभागकाअनुसार आयात भएको कोदोको मूल्य ७ करोड १५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?