सधै किसानलाई मात्रै मार:लिची ठेक्का प्रकरण

नुवाकोट
हामि नेपालि हरेक कुरामा अभागी छौ दैनिक रुपमा चाहिने तरकारी होस् या सिजन मा पाइने फलफुल नै किन नहोस हामीले खाने नहुने बिसादी हालेर ठेकेदार ले बजार लेराइरहेका छन् जुन हामि मिठो मनिमानी काइ रहेकाछौ

उष्ण प्रदेशीय बागवानी विकास केन्द्रले लिचीको ठेक्का बोलकबोल नगरी मिलेमतोमा ठेक्का दिएको आरोप लगाएको छ ।

बागवानी केन्द्रले झापाका लिची ठेकेदार ललितबहादुर क्षेत्रीलाई ठेक्का दिएको बागवानी विकास केन्द्र प्रमुख रवीन्द्रकाजी थापाले बताए । ‘अरुले पनि फाराम लगेका थिए,’ उनले भने,‘गतवर्ष पनि उनैले ठेक्का लिएका थिए । उहाँको मात्र पऱ्यो ।’

बागवानी विकास केन्द्रले गत वर्षको आँकडा अनुसार २ लाख ५७ हजार रुपैयाँमा चैत ५ गते ठेक्का सूचना कार्यालय परिसरमा टाँस गरी २० गते ठेक्का क्षेत्रीको मात्रै परेको भनेर मिलाइएको थियो । लिचीको ठेक्का लिन आधा दर्जनभन्दा बढीले फर्म बुझाएको कार्यालयको स्रोतले जनाएको छ ।

बागवानी केन्द्रले वर्षेनी लिचीको ठेक्का लगाउने गर्छ । बागवानीमा २ सय ४५ वटा ठूला लिचीका बोट छन् । यो वर्ष लिची राम्रो फलेकाले ठेक्का समेत नबढाई ठेकेदारलाई दिएको स्रोतको दाबी छ । ठेक्का लिएका लिचीमा ठेकेदारले छिटो पाक्ने विषादी हालेर बजारमा बिक्री गर्ने गरेको छ ।

बागवानी विकास केन्द्रका लिचीमा विषादी प्रयोग गर्न पाइँदैन । लिची झार्ने बोटबाटै डाँठसहित प्रतिकिलो १ सय ३० रुपैयाँमा लिची बिक्री गरिएको छ । बागवानी विकास केन्द्रले आँप पनि नपाक्दै ६४ वटा बोट ठेक्का लगाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?