फलफूल उत्पादन र प्रसोधन उद्योगमा ४ अर्ब बढी लगानी

अब फलफुल उत्पादनको क्षेत्रमा चिनिया लागनी भित्रिने भएको छ ।

नेपालमा फलफूल उत्पादन र प्रसोधन उद्योगमा चिनियाँ लगानीकर्ताले ४ अर्ब बढी लगानी गर्ने भएका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्ती केपी शर्मा वलीसँगै गएका नेपाल उद्योग वाणिज्य महासंघसँग चिनियाँ लगानीकर्ताले नेपालमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् ।

फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

उक्त परियोजनाको कार्यान्वयन गर्न अन्य कामहरु द्विपक्षीय छलफलबाट तय गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments