नुवाकोटमा ५० लाखको लागतमा चिया खेती पुन शुरु

नुवाकोटको मेघाङ गाउँपालिका–३ को देउरालीमा ५० लाखको लागतमा चियागान खेती पुन शुरु गरिएको छ ।चिया बगान पुन संचालन भएसँगै स्थानीयबासीमा पनि पुन खुसि छाएको छ । अब रोजगारीको लागी कतै भौतारिनु पर्दैन भन्ने आशा पलाएको स्थानीयबासी बताउछन ।

विं सं २०५७ सालमा स्थापना भएको चिया बगान खेती शशस्त्र द्धन्द्ध र विविध कारणले बन्द भएपछि गतवर्षबाट पुन संचालनमा आएको खेतीले वार्षिक २० लाख रुपैयाँ लिने लक्ष्य लिएको चिया कृषि फर्मका संचालक सेल्कर तामाङ

ले बताए । ५० लाखको लागतका निर्माण शूरु गरिएको चिया बगाने ४६ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमा १ सय ७५ विरुवा रहेको चिया बगानका संचालक तामाङ जानकारी दिए ।

चिया बगानमा मासिक रुपमा एक क्विन्टल चिया उत्पादन हुने बताइएको छ । बगानबाट उत्पादन भएको चिया अहिले काठमाण्डौ उपत्यका, पोखरा र तराईका विभिन्न जिल्लामा खपत हुने चिया बगानका संचालक तामाङले बताए । बगानबाट उत्पादन हुने चिया बजारमा ब्लाक टि प्रतिकेजी एकहजार रुपैयाँ र ग्रीन टि १५ सय रुपैयामा बिक्रि भइरहेको कृषि फर्मले जनाएको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments