जंगली च्याउ खादा एकै घरका चार जना सिकिस्त

जाजरकोटको नलगाड नगरपालिकामा बिषालु जंगली च्याउ खाएपछि एकै घरका चार जना सिकिस्त बिरामी परेका छन् ।

सिकिस्त बिरामी पर्नेहरुमा चामाखेतकी ९५ वर्षीया कमला नेपाली, ६५ वर्षीया मुना नेपाली, ३० वर्षीया तिला नेपाली र २० वर्षीया विपना नेपाली रहेका छन् बिरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार हुन नसकेपछि सिकिस्त बिरामी चारै जनालाई जिल्ला अस्पताल रिफर गरिएको छ ।

च्याउको तरकारी खाएर चार घरपरिवारका २० जना बिरामी परेकोमा सामान्य बिरामी परेका अन्य १६ जनाको गाउँमै उपचार भैरहेको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments