फलफूल खेतीतर्फ कृषकलाई अनुदान

डोल्पा –

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अंगुर र स्याउका बिरुवा लगाएवापत कृषकलाई ३७ लाख ८५ हजार ६ सय अनुदान उपलब्ध गराएको छ । कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गराइ नगरलाई आर्थिक समृद्धि बनाउने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाले कृषकलाई अनुदान वितरण गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिकाका वार्ड नम्बर ३,४,६,७,८ र १० का कृषकलाई स्याउका बिरुवा लगाएबापत ३१ लाख १७ हजार अनुदान बितरण गरिएको हो।

यसैगरी वार्ड १ त्रिपुराकोट, वार्ड ४ फोई र वार्ड ५–६ खदाङ्गका अंगुर खेतीमा लागेका कृषकलाई नगरको महत्वकाँक्षी कार्यक्रम अन्र्तगत ६ लाख ८८ हजार ६ सय अनुदान वितरण गरेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments