अनुगमन गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि कालमाटी तनावग्रस्त

काठमाडौं :

प्रतिनिधिसभामा उपभोक्ता संरक्षणसम्बन्धी विधेयक बिचाराधिन रहेका समय एकाबिहानै सरकारले आज काठमाडौंको कालीमाटी तरकारी बजारमा अनुगमन गरेको छ । बिना जानकारी अनुगमन गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि कालमाटी तनावग्रस्त बनेको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीलाई व्यापारीले छेकेर नाराजुलुस गरिरहेका छन् ।

व्यापारीले बिहान अनुगमनमा गएको टोलीलाई गेटभित्र राखेर ब्यापारीले नाराजुलुस गरेका हुन् । अनुगमन टोलीले कागजात विना बजार भित्रिएका केही गाडीलाई नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गरेका हुन् । काठमाडौँको मुख्य थोक बजार कालिमाटीमा समेत उपभोक्ताले महंगोमा तरकारी खरिद गर्नु परेको गुनासो बढेपछि सरकारी टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो ।

तर ब्यापारीको अवरोधका कराण अनुगमन प्रभावित भएको छ । तरकारी बारीबाट उपभोक्ताको भान्सासम्म पुग्दा तरकारी ८ गुणासम्म महंगो पर्ने गरेको छ । त्यस्तै तरकारी स्वथकर पनि नहुने भन्दै उपभोक्ता अधिकारकर्मीले आवाज उठाउँदै आएका छन् ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments