देशभर तरकारी र फलफूल नबेच्ने महास‌ंघको घोषणा

काठमाडौं :
नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले मंगलबारदेखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बिज्ञप्ती निकालेर किसानको तरकारीमा बील बिजक नभएको अभियोगमा महासंघका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गर्दै तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने घोषणा गरेका हुन् । ‘किसानले बजारमा बिक्रीका लागि ल्याउने तरकारीको किसान स्वयमले बील जारी गर्ने अवस्था नेपालमा नभएको अवस्थामा किसानको तरकारी र बिक्री गर्ने ब्यापारीलाई नियन्त्रणमा लिन निन्दनिय काम छ’, बिज्ञप्तीमा उनले भनेका छन् ।

सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले तरकारी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा तरकारीको बील नभएको अभियोगमा एकजना ट्रक चालक र आन्दोलनमा उत्रेका व्यापारीलाई पक्राउ गरिएको थियो ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments