किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागको टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो । त्यसक्रममा विल विजक नभएको भन्दै दुई वटा गाडीलाई नियन्त्रणमा लियो । तर, व्यवसायीहरुले अनुगमन टोलीलाई तरकारी बजार विकास समितिको कार्यालयमै थुनेको थियो ।बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव समेत फिल्डमा पुगेपछि तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा लगायतलाई पक्राउ गर्‍यो ।

अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गरेको थियो । धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ । ‘कृषकको खेतबाट १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा काउली बेचिएको पाइयो,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलले भने, ‘त्यही तरकारी कालिमाटी बजारमा आइपुगेपछि १ सय १० रुपैयाँ प्रतिकिलोसम्म बेचिएको पाइएको छ ।’

किसानको खेतदेखि तरकारी बजारसम्म आइपुग्दा तरकारीको मूल्य चारगुणासम्म बढेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । ‘तरकारी व्यापारका बिचौलियाको धेरैवटा तह पाइएको छ,’ उनले भने, ‘यसले गर्दा तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने तथा बिचौलियाले मात्र अनुचित लाभ कमाउने अवस्था देखिएको छ ।’

विगत डेढ दशकदेखि कालिमाटीलगायत तरकारी बजारको अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा अनेक बेथिति देखिने पनि गरेका छन् । तर, तरकारी उत्पादक किसान र उपभोक्ता ठगिने अवस्थाको अन्त्य अझै हुन सकेको छैन ।

समाचार कालिमाटी तरकारी बजार

देशभर तरकारी र फलफूल नबेच्ने महास‌ंघको घोषणा


http://krishisuchana.com/krishi/1023

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments