कालिमाटी तरकारी बजारमा भोलिदेखि तरकारीको बिक्री वितरण सञ्चालन हुने

कालिमाटी तरकारी तथा फलफूल बजार मंगलबार पनि बन्द भएको छ। बिचौलिया हावी रहेको कालिमाटी तरकारी बजारको मनपरी रोक्न सरकारले कडाइ गर्न थालेपछि व्यापारीले तरकारी नबेचेका हुन्।

सोमबार बजार अनुगमनमा आएको सरकारी टोलीलाई व्यापारीले बजार अनुगमनमा अवरोध गर्दा प्रहरीले नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरतप्रसाद खतिवडा र अर्का व्यापारी बिमल ढुंगानालाई पक्राउ गरेको थियो। खतिवडाको रिहाइको माग गर्दै विरोधमा उत्रिएका व्यापारीले तरकारी बजार बन्द गराएका हुन्। व्यापारीले पक्राउ परेका व्यापारीलाई तत्काल मुक्त गर्न र नियन्त्रणमा लिएका तरकारी छोड्न माग राख्दै बजार बन्द गरेका छन् ।

कालिमाटी तरकारी बजारमा व्यवसायीले भोलिदेखि तरकारीको बिक्री वितरण सञ्चालन हुने भएको छ । व्यवसायीले आन्दोलनका कार्यक्रम यथावतै राखे पनि बिक्री वितरण भने नरोक्ने निर्णय लिएका हुन् ।

सरकारले आफ्नो माग पूरा गर्ने प्रतिवद्धता नजनाए पनि व्यवसायीले कृषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।संघका अध्यक्ष घिमिरेले आन्दोलनका कारण कृषकको उत्पादन कुहिने अवस्था आउने भएकाले संवेदनशील भएर बिक्री नरोक्ने उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?