मुगुमा खाद्य सामग्रीको हाहाकार

मुगुमा खाद्य सामग्रीको चरम हाहाकार हुन थालेको छ । वर्षाका कारण निरन्तर ४५ दिन नाग्म गमगढी सडक खण्ड अवरुद्ध हुँदा खाद्यान्नको अभाव हुन थालेको हो । पहिरो र नाजुक सडकका कारण सवारी साधनहरु बन्द हुदा मुगुको सदरमुकाम गमगढी बजारमा रहेको खाद्यन्न सस्थानको गोदामदेखि बजारमा रहेका खाद्यान्न पसलहरुमा समेत खाद्यान्नको अभाव देखा परेको छ ।

नेपाल खाद्यान्न संस्थानको गोदाम देखि,ब्यापारी पसलहरुमा समेत दैनिकी खाद्यन्न सामग्री पाउन छोडेको छ । चार्डवाड नजिकिए संगै खाद्यान्न सामग्रीको अभाव हुँदा स्थानीयवासी चिन्तित देखिएका छन् । झ्यारी देखि गमगढीसम्मको कर्णाली राजर्मामा सडक डिभिजन कार्यालय जुम्लाले २ करोड ९४ लाख सडक मर्मतको लागि विनियोजन गरेको छ । तर सडक वर्षैनी बिग्रीदै गैरहेको छ ।

सिंहदरबारको अधिकार गाउँमै पाईन्छ– स्थानीय तहको निर्वाचन पछि गाउँलेमा बढेको आशा हो यो । तर सिंहदरबार अधिकार गाउँमा पाउनु त कता हो कता गाउँकै अधिकार पनि खोसिन थालेको महसुस गर्न बाध्य बनेका छन् मुगुवासी । खाद्यान्नको अभावमा भौतारिएका सोरु गाउँपालिका वडा ८ का बलबहादुर रोकायाले खाद्यान्न सामाग्रीको लागि ४ दिनको कष्टकर यात्राबाट सदरमुकाम गमगढी पुगेपनि सुकोगेडो अन्न भेटन सकेनन् ।

यता नेपाल खाद्य संस्थान मुगु शाखामा खराव अवस्थामा रहेको ३ सय केजी जापानिज चामल थन्किएको छ । खाद्य संस्थान शाखा मुगुले आफुसंग भएको,अरुवा मोटो,जिरा चामल सकिएको भन्दै सूचना टाँस गरेर उपभोक्तासंग माफी मागेको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments