तत्कालका लागि चिनी आयात रोकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ:
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्कालका लागि चिनी आयात रोकिने बताउनुभएको छ ।

उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पाकिस्तानलगायत देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशी चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको चिनी बिक्री नभएका कारण किसानले उखुको पैसा नपाएको गुनासो आइरहेको भन्दै नेपालमा चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्काललाई चिनी आयात रोकेपछि नेपालमा भएको चिनी बजारमा जान्छ र किसानले उखुको पैसा पनि पाउँछन् भन्नुभयो ।

“चिनी मात्र नभई आागमी मौसमदेखि उखु पनि आयात गर्न पाइदैन, भारतको उखु किन्ने अनि नेपाली किसानको उखु खेत मै सुकाउने कुरा अब हुदैन । यस पटकदेखि उखुको निर्यात पूर्ण रुपमा रोकिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, उद्योग, वाणज्यि तथा आपूर्तीमन्त्री मात्रिका यादव, कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालको समेत उपस्थिति रहेको थियो

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments