पशु ढुवानी मापदण्ड मिचे ५ हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना

पशु ढुवानी मापदण्ड ०६४ अनुसार पशुलाई क्रुरतापूर्वक ढुवानी गर्न पाइँदैन। तर, दसैंको समय सुरु भएसँगै राजधानीमा गाडीको डिकीमा खसीलाई कोचेर ल्याउन थालिएको छ । शनिबार नागढुंगाबाट काठमाडौं आउँदै गरेका १० वटा बसको डिकीमा खसी राखेरा ल्याएको पाएपछि कारवाही गरिएको छ।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौं र स्नेहाज केयरले गरेको अनुगमनमा डिकीमा राखेर खसी ल्याउने गरेको देखिएको हो।

स्नेहाज केयरका कपिल काफ्लेका अनुसार त्यसरी खसी–बोका ओसार्नेलाई पाँच हजार जरिवाना गरेर कारवाही गरिएको छ । केयर र क्वारेन्टाइनले अनुगमन बढाएको उनले बताए।

०६४ को मापदण्डविपरित राँगा–भैंसी तथा खसी–बोका ढुवानी गरे ५ हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था छ।

पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलका अनुसार बसको डिकीमा खसीबोका ढुवानी गरेर ओसारपसार गर्न पाइँदैन । यसरी डिकीमा राखेर ओसारपसार गर्ने पाइएमा ५० हजार रूपैयाँसम्म जरिवाना तोकिएको छ।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments