बारामा दुई अर्ब ६३ करोड भन्दा बढीको माछा उत्पादन

वीरगञ्ज । माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

माछामा पर निर्भरता कायमै छ । प्रत्येक वर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोन लागू भएको क्षेत्रमा मात्र रु ६३ करोड ७० लाख बराबरको तीन हजार १८५ मेट्रिक टन माछा उत्पादन हुन गरेको छ । कुल मागको करीब २० देखि ३० प्रतिशत माछा भारतको आन्द्रप्रदेशबाट आयात गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ (माछा सुपर जोन) कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत गणेश मिश्रले बताउनुभयो ।

“भारतबाट माछा आयात गरेर माग पूरा गर्नुपर्ने बाध्यता छ,” व्यवसायी विपु सहनी भन्नुहुन्छ । आयात घटाइ किसानलाई आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०७३÷७४ देखि सरकारले सो कार्यक्रम लागू गरेको हो । आव २०७४÷७५ मा एक हजार हेक्टर क्षेत्रफल विस्तार गरी माछापालन गरिएको मिश्रले बताउनुभयो । जिल्लामा १० हजार ३५ मेट्रिक टन माछा उत्पादन हुन्छ । तीन हजार १८५ मेट्रिक टन माछा सुपरजोनको कमाण्ड क्षेत्रमा उत्पादन हुने गरेको कृषि अधिकृत सहतराम मौर्यले बताउनुभयो ।

जिल्लामा माछा सुपरजोन कार्यक्रम लागू भएपछि झण्डै दुई हजार माछापालन किसान लाभान्वित भएका छन् । सरकारले सो कार्यक्रमका लागि आव २०७३÷७४ मा रु ३२ करोड विनियोजन गरिएको थियो । खर्च हुन नसक्दा रु २१ करोड फ्रिज भएको थियो । सरकारले उक्त कार्यक्रमका लागि आव २०७४÷७५ मा रु १० करोड १८ लाख तथा चालु आव २०७५÷७६ मा रु चार करोड ५३ लाख विनियोजन गरेको छ ।

www.news24nepal.tv

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

2 thoughts on “बारामा दुई अर्ब ६३ करोड भन्दा बढीको माछा उत्पादन

  1. Pingback: cartel & co

Leave a Reply

Your email address will not be published. Required fields are marked *