कालाेपाेके राेगले धानबाली नष्ट, किसान चिन्तित

जाजरकोट – किसानहरुले लगाएको धानबालीमा कालोपोके नामको रोग फैलदा जाजरकाेट जिल्लामा ६५ प्रतिशत धानबाली नष्ट भएको छ। काट्ने अवस्थामा पुग्न लागेको धानबाली रोगले नष्ट गरिदिएपछि किसानहरु मर्कामा परेका छन्। जिल्लाको भेरी नगरपालिका वडा नम्वर १ कालेगाउँ, होलुजिउला लगाएतका खेतहरुमा लगाइएको धानबालीमा कालोपोके रोग लागेकाे हो। स्थानीय किसान दलवहादुर खत्रीले राेगले ठुलाे मात्रामा भित्र्याउन तयार हुँदै गरेकाे धानबाली नष्ट गरेपछि अाफुहरु अापतमा परेकाे बताए। रोगले धानबाली नष्ट गरेपछि भेरी नगरपालिकाका दर्जन वढी किसानहरु चिन्तित बनेकाे स्थानीय सहदेव वस्नेतले वताए। वस्नेतले किसानहरुले गरेको हाइव्रेड धानखेती रोगले सखापै पारेको वताए।

दुःख गरेर लगाएको धानबाली भित्र्याउने बेला रोगले नष्ट गरेपछि के खाने भनेर समस्या परेको स्थानीय किसान नरवहादुर वस्नेतले वताए। नगरपालिकाको कालेगाउँ क्षेत्रमा वढी उत्पादनको आशामा किसानहरुले लगाएको यु एस ३१२ जातको हाइव्रेड धानमा कालोपोके रोग लागेको उनले वताए।

जिल्ला कृषि ज्ञान केन्द्र जाजरकोटका प्राविधिक टोपवहादुर विकले कालेगाउँ क्षेत्रमा लगाइएको धानमा कालोपोके नामको रोग लागेको वताए। उनले उक्त रोगको एकिन उपचार नभएकोले किसानहरु मर्कामा परेको वताए। प्राविधिक विकले विउ लगाउनु पूर्व विषादी हालेर पानीमा भिजाउनु पर्ने भएपनि कृषकहरुले सिधै खेतमा लगाउदा समस्या आएको वताए। हावाको माध्यमबाट अन्य स्थानमा यो रोग फैलदै जाने भएपनि यसले स्थानीय धानको जातलाई भने क्षती गर्न नसक्ने उनले वताए।

कालेगाउँका ५० घर परिवारहरुले वढी धान फलाउने आसामा ३० हेक्टर बढी जमिनमा उक्त जातको हाइव्रेड धानखेती गरेका छन्। उक्त धानमा लागेको रोगलाइ स्थानीय भाषामा कुकाँ नामले चिनिने गरेपनि यस क्षेत्रमा यो रोग पहिलो पटक देखिएको स्थानीय किसानहरु वताउछन्।

nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?