दसैंका खसीमा स्टिकर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले दसैं लागि भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण नगरीकन बिक्रीवितरण गर्न नदिने भएको छ । विगतका दसैंमा रोगी भेडा, च्याङ्ग्रा बोका, कुखुरा तथा हाँस बिक्रीवितरण गरिएको जनगुनासोपछि स्वास्थ परीक्षणमा कडाइ गर्न लागेको महानगरले जनाएको छ ।

कृषि सहकारी तथा पशुपन्छी र स्वास्थ्य मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी परीक्षणपछि मात्र बिक्रीवितरण गर्न अनुमति दिने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जनाए । मासुजन्य पशुपन्छीको स्वास्थ्य परीक्षण गर्दा रोग लाग्नबाट बँच्न यस्तो गर्न लागेको उनले बताए ।

निश्चित स्थानबाट बिक्रीवितरण गर्न महानगरले स्थानसमेत निर्धारण गरेको छ । बालाजु, टुकुचा, कलंकी, बिजुली बजार र तीनकुनेमा खसी बोका बिक्री गर्न सकिने उनले बताए । ‘फोहोर एकै स्थानमा जम्मा गर्न पनि निश्चित स्थान तोकेका हौं, सम्बन्धित स्थानमै खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने टोली जान्छ,’ उनले भने, ‘जम्मा भएको फोहोर राख्नका लागि ठुल्ठूल्ला डस्टबिन राख्छौं ।

महानगरका अनुसार दसैंको बेला उपत्यकामा १ लाखभन्दा बढी खसी बोका भित्रिने छन् । उनले तिनको व्यवस्थापन ठीक ढंगले नगरे महानगर क्षेत्र अस्तव्यस्त हुने बताए । स्वास्थ्य परीक्षणपछि स्वस्थ खसी बोकालाई हरियो स्टिकर र बिक्री वितरण अयोग्यलाई रातो स्टिकर टाँसिने उनले बताए । हाँस तथा कुखुरालाई खुलामञ्चमा राखिने उनले बताए । त्यसैगरी फुटपाथ जभाभावी पसल राख्न प्रतिबन्ध गर्ने उनले बताए । करिब ७ दिनसम्म फुटपाथमा राखिने सामग्री पूर्णरूपमा प्रतिबन्ध लगाइने भन्दै उनले त्यसका लागि महानगरीय प्रहरीको टोली परिचालन गरिने बताए ।

हाल विभिन्न स्थानमा राखिएका फुटपाथे पसलका कारण पैदलयात्रीको आवागमनमा असर परेको भन्दै उनले दसैंको समयमा रोकिने कार्कीले बताए । नयाँबानेश्वर, पुरानो बानेश्वर, कलंकी, गौशालालगायत क्षेत्रमा फुटपाथ पसल राख्न नदिने उनले बताए । ‘पैदलयात्रीलाई हिँड्ने ठाउँ छैन, त्यसकारण हामीले अलि कडाइ गरेको हौं,’ उनले भने, ‘अन्य स्थानमा पनि कडाइ गर्छौं ।’

तर, अलि फराकिलो भएको स्थानमा भने फुटपाथ पसल राख्न दिँदा फरक नपर्ने उनको भनाइ छ । चाबहिल, कोटेश्वर र बालाजु लगायतका क्षेत्रमा भने पसल राख्न दिने उनले बताए । सकभर दसैंको समयमा फोहोरमुक्त बजार बनाउन महानगरले उक्त अभियान सञ्चालन गरको उनको दाबी छ ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?