आठ हजार मेट्रिकटन अन्न मदिरामा !

तेह्रथुम– तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगार र तोङबा बनाउन प्रयोग हुने गरेको पाइएको हो।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये ८ हजार मेट्रिकटन घरेलु मदिरा बनाउन प्रयोग गरीने गरेको तथ्यांक सार्वजनिक गरेको छ। मदिरा बनाउन कुवाइने अन्नको बजार मुल्य २४ करोड रुपैयाँ बरावर रहेको कार्यालयले जनाएको छ। घरेलु मदिरा बनाउन प्रयोग गरिने यो परिमाणको खाद्यान्नबाट २५ हजार जनालाई एक वर्षसम्म खान पुग्ने कार्यालयले गरेको अध्ययनले देखाएको छ।

घरेलु मदिरा बनाउन कोदोको सवै भन्दा धेरै प्रयोग हुने गरेको छ। जिल्लामा बार्षिक २ हजार ९ सय मेट्रिकटन कोदो उत्पादन हुने गरेको तथ्याङक छ। घरेलु मदिरा बनाउन जिल्लामा उत्पादन भएको कोदोले नपुग्ने भएकाले पूर्वी तराई र पहाडका अन्य जिल्लाबाट समेत धेरै परिमाणमा कोदो आयात हुने गरेको कार्यालयले जनाएको छ। मदिरा बनाउन जिल्ला बाहिरबाट वार्षिक करिब ५ सय मेट्रिकटन कोदो आयात भैरहेको ब्यापारीले बताएका छन्। कार्यालयका अनुसार तेह्रथुममा १९ हजार ८ सय ८४ कृषक परिवारले ३० हजार ४ सय २८ हेक्टर क्षेत्रफल जमिनमा खाद्यान्न खेती गर्दै आएका छन्।

चाडबाडको लागि मदिरा बनाउन भन्दै अन्य महिना भन्दा बढी भदौ असोजमा कोदोको माग बढी हुने गरेको ब्यापारीहरुले बताउँछन्। पछिल्लो समय ब्याबसायीक रुपमा बंगुरपालन गर्नेहरुको सख्या बढ्दै गएकोले पनि धान, मकै, कोदोको माग अत्यधीक रहेको म्याङलुङ नगरपालिका ५ बस्ने बंगुर ब्याबसायी सन्तोष लिम्बुले बताए। उनका अनुसार सडक सञ्जालले गर्दा समेत अहिले जिल्लाका सबै वडाहरुमा सवारी साधन ट्याक्टर पुग्ने भए पछि गाउँसम्म पुग्ने गरेको छ।

nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?