आठ हजार मेट्रिकटन अन्न मदिरामा !

तेह्रथुम– तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगार र तोङबा बनाउन प्रयोग हुने गरेको पाइएको हो।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये ८ हजार मेट्रिकटन घरेलु मदिरा बनाउन प्रयोग गरीने गरेको तथ्यांक सार्वजनिक गरेको छ। मदिरा बनाउन कुवाइने अन्नको बजार मुल्य २४ करोड रुपैयाँ बरावर रहेको कार्यालयले जनाएको छ। घरेलु मदिरा बनाउन प्रयोग गरिने यो परिमाणको खाद्यान्नबाट २५ हजार जनालाई एक वर्षसम्म खान पुग्ने कार्यालयले गरेको अध्ययनले देखाएको छ।

घरेलु मदिरा बनाउन कोदोको सवै भन्दा धेरै प्रयोग हुने गरेको छ। जिल्लामा बार्षिक २ हजार ९ सय मेट्रिकटन कोदो उत्पादन हुने गरेको तथ्याङक छ। घरेलु मदिरा बनाउन जिल्लामा उत्पादन भएको कोदोले नपुग्ने भएकाले पूर्वी तराई र पहाडका अन्य जिल्लाबाट समेत धेरै परिमाणमा कोदो आयात हुने गरेको कार्यालयले जनाएको छ। मदिरा बनाउन जिल्ला बाहिरबाट वार्षिक करिब ५ सय मेट्रिकटन कोदो आयात भैरहेको ब्यापारीले बताएका छन्। कार्यालयका अनुसार तेह्रथुममा १९ हजार ८ सय ८४ कृषक परिवारले ३० हजार ४ सय २८ हेक्टर क्षेत्रफल जमिनमा खाद्यान्न खेती गर्दै आएका छन्।

चाडबाडको लागि मदिरा बनाउन भन्दै अन्य महिना भन्दा बढी भदौ असोजमा कोदोको माग बढी हुने गरेको ब्यापारीहरुले बताउँछन्। पछिल्लो समय ब्याबसायीक रुपमा बंगुरपालन गर्नेहरुको सख्या बढ्दै गएकोले पनि धान, मकै, कोदोको माग अत्यधीक रहेको म्याङलुङ नगरपालिका ५ बस्ने बंगुर ब्याबसायी सन्तोष लिम्बुले बताए। उनका अनुसार सडक सञ्जालले गर्दा समेत अहिले जिल्लाका सबै वडाहरुमा सवारी साधन ट्याक्टर पुग्ने भए पछि गाउँसम्म पुग्ने गरेको छ।

nagariknews.nagariknetwork.com

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *