खसीबोकामा कर नउठाउन निर्देशन

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई खसी, बोका र च्यांग्रा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ ।

दसैंको मुखमा राजधानी र अन्य मुख्य सहरमा खसी, बोका, च्यांग्रा, कुखुरा लैजाने क्रममा स्थानीय तहहरूले कर उठाउन थालेको गुनासो आएपछि मन्त्रालयले बिहीबार त्यस्तो निर्देशन दिएको हो । संघीय मामिला मन्त्रालयको सचिवस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरिएको हो ।

खसी, बोका काठमाडौंमा ल्याउँदा चन्द्रागिरि नगरपालिकाले व्यवसायीसँग कर उठाएको प्रमाणसहित चौपाया खरिद–बिक्री सेवा संघले त्यसलाई रोक्न माग गर्दै संघीय मामिला मन्त्रालयमा ज्ञापनपत्र दिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ मा ‘जीवजन्तु र चौपायाको व्यापार–व्यवसाय गर्नेबाट व्यवसाय कर वा हाटबजारमा खरिद–बिक्री भएको अवस्थामा बाहेक अन्य कुनै किसिमको कर, शुल्क आदि उठाउन नमिल्ने’ व्यवस्था छ ।

www.kantipurdaily.com

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *