कफीले घटाउँछ मृगौला रोगीको मृत्युको जोखिम

काठमाडौँ — हालै गरिएको एउटा अध्ययनको दाबी अनुसार, मृगौलापीडितहरूलाई कफी सेवनले फाइदा पुग्न सक्छ । ४ हजार ८ सय ६३ व्यक्तिसँग सम्बन्धित तथ्यांकको उपयोग गरेर गरिएको यो अध्ययन ‘जर्नल नेफ्रोलजी डायलासिस ट्रान्सप्लान्टेसन’ मा प्रकाशित छ ।

अध्ययनको दाबी अनुसार, गम्भीर किसिमका मृगौलापीडितहरूमा कफी सेवनले मृत्युको खतरा कम हुन्छ । अध्ययनमा ती बिरामीको कफीको कम मात्रा खानेहरूसँग तुलना गरियो, जो बढी मात्रा मा कफी पिउँछन् ।

परिणाममा, बढी कफी खाने बिरामीमा मृगौलासम्बन्धी रोगले हुने मृत्युको खतरा २५ प्रतिशत कम भएको पाइयो ।

कफीले मृगौलासम्बन्धी रोगमा सुरक्षा कवचको काम गर्ने उक्त अध्ययनमा उल्लेख छ । यसको सम्भावित कारण हुन सक्छ— ‘नाइट्रिक एसिड’ । वास्तवमा कफीले नाइट्रिक एसिडलाई रिलिज गर्न सघाउँछ र यही तत्त्व मृगौलाको कार्य प्रणाली सुधार्नमा प्रभावकारी हुन्छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments