दसैंमा शाकाहारी खाना/पनिर साँधेको/हरियो मकै/करेला भिन्डी अचार/आलु साँधेको……..

प्रायः नेपालीको घरमा दसैंमा मासुकै परिकारहरु पाक्ने गर्छ । शुद्ध शाकाहारी खाना खानेहरुका लागि पनि घरमै धेरै परिकारहरु बनाएर खान सकिन्छ।

पनिर साँधेको

krishisuchana
पनिर साँधेको

सामग्रीः पनिर एक पाउ

अदुवा (सानो टुक्रा)

खुर्सानी (२ वटा)

लसुन (२–४ कल्ली)

धुलो खुर्सानी (आधा चम्चा)

नुन (आवश्यकता अनुसार)

काँचो तोरीको तेल (आधा चम्चा)

कागती एक वटा (१)

टमाटर २ वटा, धनियाँ पात, चाट मसला

विधिः पनीरलाई लाम्चो आकारमा काटेर फ्राई गर्ने र एउटा कचौरामा राख्ने, प्याज, लसुन, अदुवा, धुलो खुर्सानी, नुन, कागती, टमाटर, चाट मसला, तेल सबै मिक्स गर्ने, माथिबाट धनियाँ पत्ताले गार्निस गर्ने र सर्भ गर्ने।

हरियो मकै (चटपटा)

krishisuchana
मकै

सामग्रीः मकै ३ घोगा

मरीच (आधा चम्चा) वा (८÷१० दाना)

तेल (आधा चम्चा)

नुन (आवश्यकता अनुसार)

टमेटो सस, क्यथब सस, मेथि, ज्वानो,

जिरा दाना, सुकेको खुर्सानी (२ वटा)

विधिः मकैलाई छोडाउने र उसिन्ने, एउटा फ्राइपिनमा तेल तताई र मेथी, ज्वानो, जिरा, खुर्सानी फुराउने

त्यसमाथि मकै हाल्ने र फ्राई गर्ने र माथिबाट थोरै सोया सस, टमेटो सस, मरिचको धुलो हाल्ने र धनियाँले गार्निस गर्ने र सर्भ गर्ने।

करेला भिन्डी अचार

krishisuchana
करेला भिन्डी अचार

सामग्रीः भिन्डी आधा केजी

करेला आधा केजी

तिलको छोप आधा पाउ

हरियो खुर्सानी (४÷५) वटा

नुन (स्वाद अनुसार)

१ चम्चा अदुवाको पेस्ट

धुलो खुर्सानी (आधा चम्चा)

कागती (२ वटा), धनियाँका पात, तेल

विधिः भिन्डी र करेलालाई मसिनो काटी डीप फ्राई गर्ने र एउटा भाँडोमा राखेर नुन, खुर्सानीको धुलो, तिलको छोप, हरियो खुर्सानी, माथिका सम्पूर्ण सामग्री मिक्स गरेर अचार बनाउने।

सलाद

krishisuchana
सलाद

सामग्रीः काँक्रो, टमाटर, रातो बन्दा, मुला, चुकुन्दर,

टुसा उम्रेको मेथि, प्याज, अदुवा, खुर्सानी,

धनियाँ, नुन, कागती

विधिः सबै सामग्रीलाई मसिनो पारेर काट्ने, एउटा कचौरामा राख्ने र सबैलाई मोल्ने र माथिबाट कागती, धनियाँ पत्ताले गार्निस गर्ने र सर्भ गर्ने।

आलु परबल

सामग्रीः परबल (आधा केजी)

आलु (४ वटा)

अदुवा, लसुन, तेजपात, रोजमेरी, ल्वाङ्ग, सुकमेल, जिरा धनियाँ पेस्ट, करी मसला, टमाटर, नुन

विधिः परबल आलुलाई काटी डिप फ्राई गर्ने

एउटा कराइमा तेल तताएर त्यसमाथी मेथि, ल्वाङ्ग, सुकमेल, तेजपात, अदुवा लसुन पेष्ट, टमाटर पेस्ट, नुन, जिरा, धुलो धनियाँ, करी मसला सबै हाली ग्रेभी तयार गर्ने,

ग्रेभी तयार भएपछि, माथिबाट आलु, परबल राखी केही बेर पकाउने

थोरै रोजमेरी हालेर पकाउने र तातो–तातो सर्भ गर्ने।

आलु साँधेको

सामग्रीः आलु (आधा केजी)

नुन आवश्यकता अनुसार

टमाटर (७–८) वटा

सुकेको खुर्सानी (५) वटा

तोरीकोे तेल (५ चम्चा)

लसुन (दुई पोटी)

केही धनियाँ पत्ता

विधिः उसिनेको आलुलाई चार टुक्रा बनाई काट्ने र एउटा कचौरामा राख्ने, टमाटर र सुकेको खुर्सानीलाई उसिन्ने, अदुवा, लसुन, टमाटर, खुर्सानी राखी मिक्स्चरमा पेस्ट बनाउने, सबै सामग्री मिक्स गर्ने र तेलले झानेर, धनियाँ पत्ताले गार्निस गर्ने र सर्भ गर्ने।

काँक्रो साँधेको

सामग्रीः हरियो काँक्रो (२) वटा

छोप (फर्सीको बियाँको)

नुन –आवश्यकता अनुसार

तेल (दुई चम्चा)

बेसार, खुर्सानी, धुलो खुर्सानी

कागती

विधिः काँक्रोलाई खल्पी डिजाइनमा काट्ने

कराइमा राखेर पानी सुकुन्जेल पकाउने

त्यसपछि बाहिर निकालेर एउटा कचौरामा राख्ने,

सेलाएपछि त्यसमा माथिका सम्पूर्ण सामग्री हाली मिक्स गर्ने र स्वादिष्टता र शीतलताले भरिपूर्ण अचार तयार हुन्छ।

मसरुम (स्पाईसी)

सामग्रीः डल्ले मसरुम (ठूलो खालको)

धुलो खुर्सानी, सुकेको खुर्सानी, टमाटो केचप प्युरी, सोया सस, नुन, तेल (१ चम्चा), लसुन, अदुवा पेस्ट, जिरा धनियाँ पाउडर

विधिः मसरुमलाई राम्रोसँग पाकुञ्जेल उसिन्ने त्यसपछि राइङ पिनमा तेल हाल्ने, लसुन, अदुवा पेस्ट, धुलो खुर्सानी, जिरा धनियाँ, धुलो खुर्सानी टमाटो केचप प्युरी, बोइल मसरुम, सोया रस हाली प्लेटमा सर्भ गर्ने ।

पकौडा (लौका)

सामग्रीः लौका (१ वटा) कलिलो

बेसन, नुन, अदुवा पेस्ट, ज्वानो दाना,

जिरा धनियाँ पाउडर, बेसार, हरियो खुर्सानी, तेल

विधिः लौकालाई कोरेसोमा कोर्ने त्यसपछि लौकाको रस निचोरेर एउटा कचौरामा राख्ने त्यसपछि बेसन, नुन, अदुवा पेस्ट, ज्वानो दाना, जिरा धनियाँ पाउडर, बेसार, हरियो खुर्सानी राखेर मिक्स गर्ने, पकौडालाई सेप आकार दिएर तेलमा डिप फ्राई गर्ने।

स्पाइसी फ्राइज

सामग्रीः आलु (४ वटा)

आधा चम्चा मरिच धुलो

एक चम्चा तेल

टोमेटो सस

विधिः आलु सफा गरी लाम्चो आकारमा काटेर हाफ बोइल गर्ने

आलु चिसो भएपछि नन स्टिक फ्राई पिनमा थोरै तेल हालेर फ्राई गर्ने

आलु फ्राई भएपछि, टोमेटो सस राख्ने र माथिबाट मरिचको धुलो हाल्ने र सर्भ गर्ने।

चिल्ली गोवी काउली

सामग्रीः काउली, प्याज

मकैको पिठो, मैदाको पिठो

भेडे खुर्सानी

चिल्ली सस र टामेटो सस

विधः मकैको पिठो र मैदाको पिठोको घोल बनाउने र काउलीका टुक्राई घोलमा डुबाएर डिप फ्राई गरेपछि चिल्ली सस र टोमेटो सस, प्याज र भेडे खुर्सानी मिक्स गर्ने र सर्भ गर्ने।

krishisuchana
आलु

दाल हलुवा

सामग्रीः बोक्रा निकालेको मुङ दाललाई पानीमा डुबाउने

पानी (१ कप)

घ्यू (१ कप)

बेसन (१ चम्चा)

दूध (आधा कप)

चिनी आवश्यकता अनुसार

खोया (३–४ कप)

बदाम (१०–१२ वटा)

विधिः घिउलाई नन स्टिक पिनमा तताउने, बेसन र मुङ दाल हालेर पकाउने, दूध, चिनी १ कप पानी हालेर पकाउने, खोया र बदाम हालेर २ मिनेट पकाउने र सर्भ गर्ने।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments