उखु किसानले डेढ अर्ब पाए

काठमाडौँ — उखु उद्योगीहरूले १३ दिनको अवधिमा एक अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेका छन्  । यो रकम किसानलाई उद्योगीले दिनुपर्ने मध्येको ५७.६ प्रतिशत हो  ।

‘अब उद्योगीबाट १ अर्ब १७ रुपैयाँ मात्रै बाँकी छ,’ नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले भने, ‘उद्योगीहरूले केही तिर्न सुरु गरेका छन् । केहीले छठसम्म सबै तिर्ने प्रतिबद्धता जनाएका छन् ।’ उखु उद्योगीले चिनी बिक्री नभएको बहानामा किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका थिए ।

उखु उद्योगीसँगै सरकारबाट पनि किसानहरू पीडित छन् । महासंघका अनुसार सरकारले पनि १ अर्ब २८ करोड भुक्तानी गर्न बाँकी छ । सरकारले उखु किसानलाई प्रोत्साहन स्वरूप बजेटमार्फत उत्पादन अनुदान दिने घोषणा गरेको थियो ।

व्यवसायीलाई दिँदै आएको भ्याट रिफन्ड हटाएर सरकारले सीधै उत्पादन अनुदान दिने जनाए पनि हालसम्म उपलब्ध गराएको छैन । ‘सरकारबाटै अन्यौल सृजना भएको छ,’ अध्यक्ष मैनालीले भने, ‘चाडबाडका बेला पनि सरकारले भुक्तानी गरेन ।’ सरकारले भुक्तानी नगरेपछि व्यवयायी पनि अटेर गरिरहेको महासंघको दाबी छ ।

चाडबाडको मुखमा रकम नपाएपछि चिनी उद्योगीले भुक्तानी नगरेपछि नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समितिले संयुक्त रूपमा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि संसदीय समितिहरूले पनि तत्काल भुक्तानी गराउन सरकारलाई निर्देशन दिएका थिए । समितिको निर्देशनपश्चात उद्योग वाणिज्य तथा आपूिर्त मन्त्री मात्रिका यावदको सयोजत्कवमा मन्त्रीहरू लालबाबु पण्डित, शक्तिबहादुर बस्नेत, युवराज खतिवडा, चक्रपाणी खनाल र सचिवसहितको बैठकले भुक्तानी गराउन निर्देशन दिने निर्णय गरेको थियो ।

असोज २२ गते बसेको बैठकले चिनी उद्योगीले तिर्न बाँकी किसानको उखुको बक्यौता दसैंपूर्व ५ दिनभित्र अनिवार्य रूपमा चुक्ता गर्न निर्देशन दिने र चुक्ता नगरेमा कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुरोध गरी पठाउने निर्णय भएको थियो । त्यसपश्चात उद्योगीहरूले बाँकी रकम भुक्तानी गर्न सुरु गरेका हुन् ।

महासंघका अनुसार असोज २२ गतेअघि उद्योगीहरूले २ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । उनका अनुसार इन्दुशंकर चिनी उद्योगले १३ दिनको अवधिमा सबै भुक्तानी गरेको छ । ‘सरकारको निर्देशनपश्चात इन्दुशंकरले फूलपाती अघि १३ हजार किसानको करिब ४१ करोड रुपैयाँ सबै भुक्तानी गर्‍यो,’ मैनालीले भने, ‘अन्यले पनि छठसम्म तिर्ने सहमति गरेका छन् ।’

उनका अनुसार एभरेस्ट सुगर उद्योगले २५ करोड, श्रीरामले १२ करोड, रिलायन्सले २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । लुम्बिनी, बागमती र इन्दीराले २० करोड, र हिमाल चिनी उद्योगले ७ करोड रुपैयाँ तिर्न बाँकी छ । यी उद्योगहरूले दसंैअघिसम्म केही प्रतिशत रकम भुक्तानी गरे पनि अन्नपूर्ण चिनी उद्योगले भने आलटाल गरेको महासंघको दाबी छ । ‘सरकारले भुक्तानी गर्न निर्देशन दिए पनि उद्योगले भुक्तानी गर्न चासो दिएको छैन,’ मैनालीले भने ।

अन्नपूर्णले ३३ करोड रुपैयाँ भुक्तान गर्न बाँकी छ । मैनालीका अनुसार अन्नपूर्णले विगतमा पनि भुक्तनी गर्न आलटाल गर्दै आएको थियो । सिडिओ कार्यालय, प्रहरी प्रशासनहरू जानकार भए पनि पहल नगरेको मैनालीको आरोप छ । यसअघि सरकारले नै ५ दिनभित्र बाँकी रकम भुक्तानी नगरे कृषि मन्त्रालयले कारबाहीका लागि गृहमा पत्रचार गर्ने निर्णय
भएको थियो ।

अन्नपूर्णले भुक्तानी नगर्दा पनि कृषि मन्त्रालयले कुनै पत्राचार गरेको छैन । कृषि मन्त्रीसहितको बैठकले ५ दिनभित्र भुक्तानी नगरे थप कारबाहीका लागि गृहमा पत्र पठाउने सहमति गरे पनि १३ दिन बित्दा पनि पत्राचार भएको छैन । यता, कृषि सचिव युवकध्वज जिसीले कृषिलाई मूल्य तोक्ने मात्रै अधिकार भएको बताए ।

‘उखु किसान भन्ने बित्तिकै उद्योग र अर्थ मन्त्रालयसँग जोडिन्छ । भुक्तानीको हकमा जिल्लाका सिडिओहरूको संयोजत्कवमा कमिटी गठन भएको छ,’ उनले भने, ‘कृषिले प्रतिक्विन्टल मूल्य तोक्ने मात्रै हो । भुक्तानी नगरेको विषयमा पत्र काटेका छैनौं ।’

www.kantipurdaily.com

सम्बन्धित खबर
रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
रासायनिक मल

काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच ...

पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *