पहिलो पटक मौरीको बिमा

प्यूठान — यहाँका किसानले मौरीको बिमा सुरु गरेका छन् । मौरीपालन केन्द्रीय सहकारी संघको अगुवाइमा बिमा गरिएको हो  ।

संघले आईएमई जनरल इन्स्योरेन्स कम्पनीसँग गरेको सम्झौताअनुसार बिमाको सुरुआत प्यूठानबाट थालिएको केन्द्रीय अध्यक्ष अर्जुन पोखरेलले बताए ।

आगलागी, बाढीपहिरो, खडेरी, चरन क्षेत्रमा पुर्‍याउँदा हुन सक्ने दुर्घटना, अरिंगाल, रोटे कमिलालगायतबाट हुने नोक्सानीबाट जोगिन बिमाका लागि पहल गरेको पोखरेलले बताए । उनका अनुसार यसबापत लाग्ने रकम सरकारले ७५ र किसानले २५ प्रतिशत बेहोर्ने गरी किसानका मौरी गोलाको बिमा गरिएको हो । ‘घारमा रहेको फ्रेमका आधारमा ५ देखि २० हजार रुपैयाँसम्म लागत मूल्यांकन गरेर बिमा गरिएको छ,’ उनले भने, ‘मौरीको बिमा गर्न पाउँदा किसान खुसी छन् ।’

‘धेरै ठाउँमा चरनको विवादका कारण चरन क्षेत्रमा विषादी राखेर मौरी मार्दा किसानले धेरै नोक्सानी बेहोर्नुपरेको छ,’ उनले भने, ‘सरकारले मौरीविज्ञ खटाएर चरन क्षेत्र पहिचान गर्नमा सहयोग गरे यस्तो विवाद हुने थिएन ।’ उनले चरन क्षेत्रको विषयमा किसानहरूबीच विवाद
भइरहने बताए ।

सहकारीमा देशभरका ६ हजार २ सय मौरीपालक किसान आबद्ध भएर मौरीपालनमा रहेका समस्याहरूलाई समाधान गर्न सामूहिक पहल गरिरहेको पोखरेलले बताए । ‘संघकै अगुवाइमा चरन क्षेत्रको पहिचान गरेर तराईका मौरी प्यूठान ल्याएका छांै,’ उनले भने, ‘प्यूठानमा यो समयमा मौरी चर्ने उपयुक्त वातावरण रहेकाले मह उत्पादन राम्रो भइरहेको छ ।’

प्यूठान कात्तिक र मंसिर महिनाका लागि मौरी चरनको हब नै बन्दै गएको छ । प्यूठानको बिजुवार, ढुंगोगढी, जुम्रिकाँढा, माझकोट, धर्मावती, गोठीबाङ क्षेत्रमा प्रशस्त चिउरीका बोट हुने र कात्तिक र मंसिरमा फुल्ने भएकाले तराईका किसानले मौरी चराउन यो समय प्यूठान रोज्ने गरेका हुन् ।

बिमा गर्न पाएपछि हौसला मिलेको पोखरेल मौरी केन्द्रका किसान डिमराज पोखरेलले बताए । ६ हजार तिरेर ५ लाख रुपैयाँबराबरको ५५ घार मौरीको बिमा गरेको उनले बताए । ‘सधैंभरि एकै ठाउँमा राखेर मौरीबाट आम्दानी लिन सकिंदैन,’ उनले भने, ‘ओसारपसार गर्दा धेरै जोखिम हुन्थ्यो । बिमा गरियो । अब ढुक्क भो ।’

सम्बन्धित स्थानीय तहको कृषि शाखामा कार्यरत मौरीविज्ञको मूल्यांकनका आधारमा किसानले भुक्तानी पाउने व्यवस्था मिलाइएको छ । बिमा गरेको मौरी घारको क्षति भएको दाबीसहित माग गर्न आए नोक्सानी भएको ९० प्रतिशतसम्म रकम भुक्तानी किसानले पाउने आईएमई जनरल इन्स्योरेन्स दाङ शाखाका म्यानेजर प्रमोद घिमिरेले बताए ।कान्तिपुर

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “पहिलो पटक मौरीको बिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *