बन कर्मचारीले सक्कलीसँग नक्कली यार्चा साटेकाे व्यापारीकाे अाराेप

डोल्पा – हिमाली जिल्ला डोल्पाबाट नेपालगञ्ज लादै गरेको यार्चागुम्बा डिभिजन बन कार्यालय बाँकेका कर्मचारीहरुले सक्कली यार्चागुम्बासँग नक्कली साटेर बदमासी गरेको व्यापारीहरुले अाराेप लगाएका छन्। पक्राउ परेको यार्चागुम्बाको लिलामी गर्ने क्रममा यार्चागुम्बा साटिएको भन्दै पीडितहरुले छानविनको माग गरेका छन्।

डिभिजन बन कार्यालय बाँकेले सोमबार पक्राउ परेको यार्चागुम्बा लिलामको लागि टेण्डर खुला गरेपछि यार्चा व्यापारीले लिलामीको यार्चा हेर्दा कमसल खालको राखिएको बताएका हुन्। गत भाद्र १६ गते डोल्पाबाट नेपालगञ्ज लादै गर्दा राझा बिमानस्थलमा डोल्पाका सुर्वणकुमार बुढा ६ केजि १०० ग्राम यार्चागुम्बा सहित पक्राउ परेका थिए। बुढाले उक्त ६ केजि १०० ग्राम यार्चा १ करोड ३२ लाखमा खरिद गरेर ल्याएको बताएका छन्।

त्यति महंगो हालेर ल्याइएको यार्चागुम्बा लिलामी गर्ने क्रममा एकलाखमा पनि खरिद बिक्री नहुने यार्चागुम्बा राखेर बनका कर्मचारीले बदमासी गरेकाे व्यापारीको दावी रहेको छ।

डिभिजन बन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेलले भने व्यवसायीले भने जस्तो नक्कली यार्चा नराखिएको दावी गरे। सोमबार लिलामी टेण्डरमा यार्चा व्यवसायीले नक्कली यार्चा गुम्बा भएको भन्दै कसैलेपनि लिलामी बोल्न मानेनन्। त्यसकारण अब फेरि लिलामीको टेण्डर खोलीने डिभिजन बन कार्यालय बाँकेले जानकारी दिएको छ।

सहायक बन अधिकृत, जडीबुटि महासंघका अध्यक्ष, अनुसन्धान अधिकृत र अन्य कर्मचारीहरुको मिलेमतोमा सक्कली यार्चागुम्बा नक्कलीसँग साटिएको व्यवसायीको आरोप छ। बर्षाैदेखि यार्चाको व्यापार गरिरहेकोले सक्कली र नक्कली सजिलै छुट्याउन सक्ने भन्दै व्यापारीले नक्कली यार्चा लिलामीमा राखेर व्यापारीलाइ ठगी गर्न खोजेको अाराेप लगाए।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?