ओखरखेतीका लागि ७५ हेक्टर

रासस — रुकुम पूर्वमा ७५ हेक्टर क्षेत्रफलमा ओखर खेती सुरु गरिएको छ । जिल्लामा यसै वर्षबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘ओखर जोन’ कार्यक्रम लागू भएसँगै उक्त क्षेत्रफल जमिनमा ओखरखेती सुरु गरिएको परियोजनाका कार्यालय प्रमुख भीष्मराज रेग्मीले जनाए ।

तीन स्थानीय तह रहेको जिल्लामा ओखरखेतीका लागि पुथा उत्तरगंगाको ४०, सिस्नेको २० र भूमे गाउँपालिकाको १५ हेक्टर क्षेत्रफल जग्गामा ओखरखेती सुरु गरिएको हो ।

कार्यक्रम लागू भएसँगै किसानलाई आठ हजार ओखरका बिरुवा वितरण गरिएको छ । जिल्लाको पुथामा ४ हजार ४ सय, सिस्नेमा २ हजार र भूमेमा १ हजार ६ सय ओखरका बिरुवा वितरण गरिएको कार्यालय प्रमुख रेग्मीले बताए । ‘ओखर जोन’ लागू भएका सबै क्षेत्रको माटो परीक्षणपश्चात् बिरुवा वितरण गरिएको हो ।

माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेको खजुराका विज्ञ खिमबहादुर केसीलगायत टोलीले माटो परीक्षण गरेको थियो । माटोमा पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गरिएको थियो ।
परियोजनासम्बधी जानकारी सबैमा होस् भनी सञ्चालक समिति गठन गरी तीनवटै स्थानीय तहका कृषि समूह, सहकारी, उद्यमी तथा जनप्रतिनिधिसँग अभिमुखीकरण गोष्ठी पनि परियोजनाले सम्पन्न गरेको थियो ।

यस वर्ष जिल्लामा ‘ओखर जोन’ कार्यक्रम लागू भएसँगै परियोजनाले नै ओखर बगैंचा व्यवस्थापनदेखि बजारीकरण र औद्योगीकरणसम्म सहयोग तथा सहकार्य गर्ने भएपछि ओखर खेतीप्रति आफूहरू निकै उत्साहित भएको कृषक कलबहादुर घर्तीले बताए ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments