पिसाबबाट पैसा कमाउँदै किसान

गलेश्वर, म्याग्दी — सहरबजारमा सार्वजनिक शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्छ भन्ने सुनेका र भोगेका जिल्लाका किसानले आफ्नै पिसाबबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् ।

आफूले कल्पनासम्म नगरेको कुराबाट पैसा कमाउन थालेपछि मंगला गाउँपालिकाका कृषक दंग छन् । उक्त गाउँपालिकाले सञ्चालन गरेको ‘पिसाबबाट हिसाब’ अभियान प्रभावकारी बन्दै गएपछि गाउँपालिकाभित्रका सामुदायिक विद्यालय, सार्वजनिक स्थल र घरघरका शौचालयमा पिसाब संकलन बैंक स्थापना गरिएको छ ।

त्यहाँ संकलन गरिएको पिसाब तरकारी र फलफूल खेती गर्ने किसानले खरिद गरी खेतबारीमा प्रयोग गर्दै आएका छन् । तरकारी र फलफूलमा पिसाब प्रयोग गर्दा उत्पादनमा दोब्बर वृद्धि हुने भएकाले किसानले खेतबारीमा पिसाब गर्न थालेका हुन् ।

उक्त गाउँपालिकाको कृषि शाखाले छदिने तालिम दिएपछि अर्मनका कृषक तरकारी खेतीमा पिसाब प्रयोग गरे उत्पादन दोब्बर वृद्धि हुनाका साथै फाइदा पनि दोब्बरै लिन सकिन्छ भन्नेबारे छर्लंग भएपछि यसको प्रयोग गर्न थाले ।

त्यस्तै अर्मनकी याममायाँ श्रीषले पनि तालिमपछि तरकारी खेतीमा पिसाबको प्रयोग गर्न थालिन् । श्रीषसँगै तालिममा सहभागी लालबहादुर फगामी र भूमिसरा बुढाथोकीले पनि यसैको सिको गर्न थाले ।

पिसाबलाई हिसाबमा बदल्ने अभियानमा सबै वडामा पिसाब संकलन गर्न थालिएको छ । तरकारी खेतीमा मानव मलमूत्र प्रयोगमा आवश्यक प्रयोगात्मक अभ्याससमेत गरेका कृषकले गाउँमै पिसाब बैंक सञ्चालन गर्नेसम्मको योजना बनाएको मंगला गाउँपालिका कृषि शाखाका जगत बानियाँले बताए । ‘तालिमले उहाँहरूको सोचमा परिवर्तन आएको छ, पिसाबलाई खेतबारीमा प्रयोगसँगै बिक्रीसम्मको योजना बनाइएको छ,’ उनले भने ।

तालिममा सहभागी अर्मनका कृषक तथा विद्यार्थीले समेत खेर गइरहेको पिसाब संकलन गर्ने प्रतिबद्धता जनाएका छन् । अर्मनको शिशुकल्याण माविमा फागुन ३ देखि ८ सम्म सञ्चालन भएको तालिममा सहभागीले समाजमा रहेको नकारात्मक सोचलाई तालिमले परिवर्तन गरेको बताएका थिए ।

बिनालगानी प्रांगारिक तरकारीको उत्पादन दोब्बर हुने भएकाले पनि आफूले सिकेको सीपलाई लागू गरेरै छोड्ने सामूहिक प्रतिबद्धतासमेत सम्बद्ध किसानले जनाएका गाउँपालिकाका सूचना अधिकृत राजेन्द्र आचार्यले जनाए ।

गाउँपालिकालाई प्रांगारिक गाउँ बनाउने अभियानमा लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । त्यसका लागि पहिलो चरणमा प्रांगारिक मल र मानव मलमूत्रको प्रयोगलाई प्राथमिकता दिइएको उनको भनाइ थियो ।कान्तिपुर

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “पिसाबबाट पैसा कमाउँदै किसान

Leave a Reply

Your email address will not be published. Required fields are marked *