डोजरले कुलो भत्कायो, खेत बाँझै रहने पिरलो

Krishi Suchana - Agriculture in Nepal

कालीकोट, कालीकोटको पलाँता गाउँपालिका ९ का कृषकलाई आउने असारको चिन्ता चार महिनाअघिबाटै हुन थालेको छ । पलाँता गाउँपालिका ९ की माउणी बम असारमा धान रोप्न नपाउने चिन्ताले राति निद्रा लाग्न छोडेको बताउनुहुन्छ । गाउँमा नयाँ सरकार आयो । विकासका विभिन्न काम हुन थाले । गाउँपालिकाले सडक विस्तार गर्दा लगाएको डोजरले कुलो भत्काएपछि खेत बाँझै हुने आफूलगायत सबै किसानलाई पिरलो भएको पलाँताका धर्म बमले बताउनुभयो । उहाँ कुलोको हेरालो पनि हुनुहुन्छ । गाउँका सबै किसानले पानीको हेरालो धर्म बमलाई धेरै वर्ष पहिलाबाट चुने । उहाँ पानी हेरालो भएदेखि असारको रोपाइँदेखि मङ्सिरमा गहँु छर्न समयमा पाएको सबैको भनाइ छ तर यसपालि सडक विस्तारले गर्दा समयमा कुलो मर्मत नभए आफूले निकै गाली पाउने चिन्ता उहाँलाई छ । गाउँका मान्छेले कुरा बुझिदिँदैनन्, अन्त्यमा गाली मलाई नै गर्छन्, बमले भन्नुभयो ।

गाउँपालिकाले वडा ७ को माथिल्लो बस्तीमा सडक पु¥याउनका लागि कुलो भएको छेउबाट सडक खन्न शुरु ग¥यो । चट्टान भएकाले मानवीय स्रोतभन्दा डोजर अर्थात् स्काभेटरको प्रयोग गरेर सडक विस्तार भयो तर बनेको सिँचाइ कुलो भत्केर किसानलाई पीडा दिएको छ ।

सडक विस्तारपछि कुलो बनाउन पलाँतामा गठन भएको निर्माण कार्यदल परिचालन गरिएको छ तर पनि असारसम्म कुलो मर्मत भएर सिँचाइ गर्न पाइँदैन कि भन्ने पिरलो कृषकलाई छ ।
गाउँलेको पीडा बुझेर अन्य काम रोकेर भए पनि कुलो निर्माण गर्ने योजनामा रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । उहाँले जसरी पनि जेठको अन्तिम साता धान रोपाइँ हुने बेला पानी खेतमा पु¥याउने गाउँपालिकाको योजना रहेको र कार्यान्वयनन हुने बताउनुभयो ।

तर गाउँका नागरिक अध्यक्षको भनाइमा विश्वस्त छैन । नेताले भन्ने कुरा हो । हामीलाई त भर लागेको छैन भन्नुहुन्छ स्थानीय कृषक मैया बम । उहाँले कुलो बने त ठीकै छ, नबने कसरी खेतमा धान रोप्ने होला यही चिन्ताले आजैबाट छटपटाउने गरेको बताउनुभयो । यदि कुलो समयमा नबनेमा यो खेत बाँझै हुनेछ । खेत बाँझो हँुदा किसानले शुरुदेखि नै चामल खरिद गर्नुपर्ने छ । स्थानीय उत्पादन धेरै नहुने क्षेत्र पलाँतामा सिँचाइको निकै अभाव हुने गरेको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments