आम्दानीको स्रोत: बाँस र निगालो

Krishi Suchana - Agriculture in Nepal

सिमकोट न्यून आय स्रोत भएका सिमान्तकृत गरिबहरुको आम्दानीको स्रोत बाँस तथा निगालोका सामाग्री बुनेर बिक्री गर्ने कार्य भएको छ । अन्य आम्दानीको स्रोत केही नदेखिए पछि यी सामाग्री बुनेर बिक्री गर्ने कार्य आम्दानीको श्रोत भएको हो । यस पाली मात्र बाँस र निगालाका डालो, डोको, छाप्री, चैनु र थुन बनाएर बिक्रीबाट घर खर्च त चलेको छ नै आम्दानी पनि राम्रो भएको खार्पुनाथ गाउँपालिका वडा नम्वर ३ का डुक्ला बुढाले बताउनु भयो । पहिले बाट यो पेशा गर्दै आएको भए पनि यस पाली कमाई राम्रो भएको उहाँले बताउनु भयो । यस पाली मात्र बाँस तथा निगालोका सामानहरु साढे तीन सय भन्दा बढी बुनेर बिक्री गरेको उहाँले बताउनु भयो । अहिले पनि गाउँघरमा मात्र होईन सदरमुकाम सिमकोटमा पनि यी सामानहरु राम्रो बिक्री हुने भएको कारण कच्चा सामान जंगलबाट ल्याउने देखि बुनेर बिक्री आफैले गर्ने र बिक्री गर्न पनि गाउँ गाउँमा जानु पर्ने बुढाले बताउनुु भयो ।

गाउँ देखि सिमकोटसम्म यी सामानहरु प्रति गोटाको दुई सय देखि छ सयसम्म मुल्यमा बिक्री हुने गरेको उहाँले बताउनुु भयो । यसबाट माघ महिनामा मात्र डेढ लाख र फागुनमा साठी हजारका सामानहरु बिक्री भएको र केही सामान घरका अन्य सदस्यहरु लिएर गाउँघरमा बिक्री गर्न गएको उहाँले बताउनु भयो । घरको उत्पादनबाट तीन महिना पनि खाना पुग्न कठिन हुने भएपछि विकल्पका रुपमा यो पेशा रोजेको तर आम्दानी राम्रो हुने गरेको उहाँले बताउनु भयो । यसबाट सात सदस्यीय परिवार मात्र पालिएको छैन गाउँमा जग्गा पनि जोडेको उहाँले बताउनु भयो ।बुढा मात्र होईन सोही गाउँपालिका वडा नम्बर ४ का रिउने नेपालीले पनि यही पेशाबाट कमाई गर्ने गर्नु भएको छ । घरमा जग्गा जमिन थोरै मात्र भएको र बर्ष भरि नै यही पेशाले आम्दानी गरेर पाँच सदस्यीय परिवार धान्ने मात्र होईन बचेको कमाईले केही सम्पति पनि जोडेको उहाँले बताउनुु भयो । न कुनै तालिम न कुनै सिप बिनै बाँस तथा निगालोका सामान बनाउनु परेको र अहिले त स्तरीय सामान उत्पादन हुन थालेको उहाँले बताउनु भयो ।

हुम्ला जिल्लामा यी दुई जना मात्र बाँस तथा निगालाका सामान बनाएर व्यवसायीक रुपमा काम गर्ने अरु एक दर्जन भन्दा बढी किसानहरु रहेका छन् । जिल्लाका प्रत्येक गाउँबस्तीमा यी सामानहरुको खपत हुने भएको कारण यो व्यव्साय राम्रो संग संचालन भएको उद्योग वाणिज्य संघका उपाध्यक्ष राम बहादुर भण्डारीले बताउनु भयो ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *