अन्नबालीभन्दा कागतीबाट फाइदा

देउखुरी, दाङको देउखुरीमा व्यावसायिक कागती खेती शुरु गरिएको छ । दाङको लमही नगरपालिका ९ निवासी नवीन कुँवरले १८ कट्ठा जग्गामा व्यावसायिक कागती खेती गर्नुभएको छ । कुँवरले राजनीति र कागती खेतीसँगै गर्दै आउनुभएको छ । अन्नबालीभन्दा कागतीबाट राम्रो आम्दानी हुने भएपछि किसान कागतीतर्फ आकर्षित भएका छन् ।सशस्त्रद्वन्द्व कालमा भूमिगत भई तत्कालीन नेकपा माओवादीको राजनीति गर्नुभएका नवीनले आयआर्जनसँगै राजनीतिलाई अघि बढाउने उद्देश्यका साथ कागती खेती थालेको बताउनुभयो । हर्दवा निवासी नवीनले कागती खेती गर्न लागेको चार वर्ष भयो ।

गत सालदेखि फल्न लागेको र त्यहीबेला ३० हजारको कागती बेचेको उहाँले बताउनुभयो । ३५० वटा बिरुवा लगाउनुभएका नवीनले प्रतिबोट ४० देखि ५० किलो कागती फल्ने बताउनुभयो । लमही नगरपालिका ९, बाङ्गेतालका बमबहादुर चौधरीले पनि कगती खेती गरेको केही वर्ष भयो । चौधरीले बाह्र कट्ठा जग्गामा कगती खेती गर्दै आउनुभएको छ । बमबहादुरले पनि पहिलो चोटी ४८ हजारको कगती बिक्री गरेको स्मरण गर्नुभयो । यस वर्षदेखि कागतीले राम्रो फल दिने आशामा रहेको व्यवसायी चौधरीले बताउनुभयो ।

बल्ल अब कागतीले राम्रो फल दिने भएको छ, यस वर्षदेखि राम्रो आम्दानी हुने आशा लागेको छ, बमबहादुरले भन्नुभयो । अन्य बालीको तुलनामा कागतीबाट राम्रो आम्दानी हुने देखेपछि कागती खेती शुरु गरिएको उहाँले बताउनुभयो । कुँवर र चौधरीले आफूहरू कागती खेतीबाट सन्तुष्ट रहेको बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments