कृषि उत्पादन बढाउन किसानलाई ट्याक्टर

Krishi Suchana - Agriculture in Nepal

लमजुङ : कृषिमा यन्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्धेश्यले लमजुङको बेंसीसहर नगरपालिकाले किसानलाई हाते ट्याक्टर ९मिनीटिलर० प्रदान गरेको छ । नगरपालिकाको कृषि शाखाले नगरपालिका भित्रका २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्’ उहाँले भन्नुभयो–‘खेतीलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।

कृषिमा यन्त्रीकरण, व्यवसायिकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको उहाँले बताउनुभयो । नगरपालिका कृषि शाखा प्रमुख नवराज बरालका अनुसार नगरपालिकाबाट गतबर्ष १३ वटा हाटे ट्याक्टर वितरण गरेको थियो । आगामि बर्ष किसानको माग अनुसार थप्दै लैजाने उहाँले बताउनुभयो । हाटे ट्याक्टरले १ दिनमा ५/६ हलसम्म खेत जोत्न सक्ने उहाँले बताउनुभयो । प्रति ट्याक्टर ७० हजार रुपियाँ मूल्य पर्ने उहाँले बताउनुभयो ।

एसकेटी डिलर बेंसीसहरका प्रमुख राजु अर्यालका अनुसार हाते ट्याक्टर गोरुको तुलनामा सस्तो र सहज हुन्छ । यसले किसानको श्रम घटाउँछ । लागत घटाउँछ । गोरुले जोत्दा दिनभर लाग्ने भएपनि ट्याक्टरले जोत्दा एक हल खेत डेढ घण्टामा सकिन्छ । कृषि उत्पादनमा यस्ता सामाग्रीले सघाउ पु¥याउने उहाँले बताउनुभयो । डिलरमा आवश्यक मर्मतसम्भार समेत गरिने र ट्याक्टर लिएका किसानका लागि तालिम सञ्चालन गरिने बताउनुभयो ।

बेंसीसहर नगरपालिका २ भकुण्डेका किसान सकुन्तला थापाले गोरु र हली खोज्दा नपाइने भएपछि ट्याक्टर लिन आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘खेती गर्न साह्रै समस्या भयो । न गोरु, न हली पाउने । खेत नै बाझो हुने चिन्ता पो भयो । अनि ट्याक्टर लिन आएँ ।’

गाउँका युवा विदेशीनु र खेत जोत्न मान्छे अभाव भएपछि किसानले ट्रयाक्टरको माग गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताउनुभयो । हाते ट्रयाक्टरमार्फत आफ्नो खेत जोत्ने र छिमेकीलाई समेत समस्या पर्दा कम मूल्यमा प्रयोग गर्न दिनेगरी वितरण गरिएको उहाँले बताउनुभयो ।

गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments