सिंगो बस्ती नै तरकारी खेतीमा

कालीकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–५ कार्कीवाडाको गाँरुवा वस्ती नै तरकारी खेतीमा आकर्षक देखिएको छ । हिँउदे बालीको साटोमा फर्सी, कांक्रा, बन्दा लगायतका तरकारी तथा फलफूल रोपेर किसानहरूले मनग्य आम्दानी गर्दै आइरहेका छन् । खाँडाचक्र नगरपालिका–५ गारुवा बस्तीका २५ घरधुरि नै तरकारी खेतीमा लागिरहेका छन् ।

बिगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका किसानहरू अहिले तरकारी खेतीबाट दोब्बर आम्दानी लिने गरेका छन् । बैमौसमी तरकारी खेती गरेर अहिले वर्षमा चार वटा बालीसम्म तरकारी खेती गर्ने गरेको र त्यसबाट वर्षमा चार लाखदेखि पाँच लाखसम्म चोखो आम्दानी लिने गरेको खाँडाचक्र नगरपालिका–५ गारुवाका भीमबहादुर कार्कीले बताए ।

उनले विगतमा परम्परागत बाली लगाउँदा सामान्य आम्दानी लिने गरेको भए पनि अहिले स्थानीय वडापालिकाको अनुदान र सहयोगले आपूmहरूलाई व्यवसाय गर्न निकै सजिलो भएको कार्कीले सुनाए । उनले विगतको परम्परागत खेतीबाट हुने आम्दानीभन्दा अहिले दोब्बर तेब्बर फाइदा लिने गरेको बताएका छन् । सबैभन्दा पहिले गाउँमा आपूmले तरकारी खेती गर्थे अहिले पुरै गाउँ नै व्यावसायिक तरकारी खेतीमा लागेको पनि उनले बताए ।

कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरण गर्न सजिलो भएको र माग अनुसारको तरकारी उत्पादन गर्न नसकिएको कार्कीले वताए । कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरणमा सहज भएको छ । उनले माग अनुसारको तरकारी उत्पादन गर्न नसकिएको भन्दै थप प्राविधिक ज्ञानको आवश्यक रहेको बताए ।

पहिला घरमा खानका लागि सामान्य हिसाबले तरकारी खेती गर्दैै आएका वेला अहिले वडापालिकाबाट बिउबीजनदेखि प्राविधिक तालिमले व्यावसायिक बन्न सफल भएको सुनाए । कर्णाली राजमार्ग बनेपछि किसानहरूले सामूहिक तरकारी खेती गर्न थालेका छन् । गाउँमा रहेको जग्गा लिएर समूह बनाएर तरकारी गर्न थालेको उनको भनाइ छ ।

बिक्रीका लागि तयार भएका बन्दा, काउली, फर्सी टमाटर, हरिया सागसब्जी, धनिया, बजारसम्म ल्याएर पसलमा दिन्छन् । व्यावसायिक तरकारी खेती गर्दा गाउँलेहरूले दुई÷चार पैसाका लागि अरूको अगाडि हात पसार्नु परेको छैन । छोराछोरीलाई बोर्डिङ स्कुल पढाउनका लागि ऋण खोज्नु परेको छैन । कम्तीमा वार्षिक चार लाखदेखि पाँच लाख रुपैयाँ भए पनि बचत गर्ने बानी बसाएका छन् उनले भने । दुई रोपनी क्षेत्रफलको खेतबारीमा उनले व्यावसायिक तरकारी खेती गर्न थालेको एक दशक भए पनि यसअघि उनले गहुँ छर्ने गरेका थिए ।

तर, गहुँ छरेभन्दा सिजनअनुसार हरिया फलफूल तरकारीबाट बढी आम्दानी हुने देखेपछि उनी यतातिर आकर्षित भएका हुन् । उनको जीविका नै तरकारी खेतीबाट चलेको छ । भीम कार्कीजस्तै तरकारी खेतीबाट जीविका चलाउनेहरू वडा–५ मा २५ घरधुरि रहेका छन् । तरकारीको व्यावसायिक खेती गर्नेहरू ती गाउँका ८० प्रतिशतले गर्दै आएका छन् । कार्कीका छिमेकीहरू भिम्फ, हरिकला कार्र्की, हर्केलगायत सबैको खेतबारीमा पैसा फलिरहेको छ ।

भीमले भने, ‘तरकारी खेतीले गर्दा दुई÷चार पैसा भए पनि देख्न पाएको छु । साहुमहाजनबाट महँगो व्याजमा पैसा लिनु परेको छैन । दिनभरि काममा व्यस्त भएकाले शरीर पनि स्वस्थ हुन पाएको छ । तरकारी बिक्री गरेको रकम गाउँका ९९ प्रतिशत घरपरिवारले आफ्नो छोराछोरीको शिक्षामा लगानी, बिरामी भए औषधि उपचार, दैनिक आवश्यक खाद्यान्न, लत्ताकपडामा खर्च गर्ने गरेका छन् ।

वडा–५ का अध्यक्ष खडानन्द चौलगाइँले भने, ‘यदि गाउँमा तरकारी खेतीको चलन नहुने हो भने जीविका चलाउने माध्यम सायद अरू नै हुन्थ्यो होला । तरकारी खेती नगर्ने गाँउमा कोही छैन । आफ्नो जमिन नहुनेले पनि अर्काको जमिनमा भए पनि गरेर व्यवसाय गरिरहेका छन् ।’ आफनो वडाको समृद्धिको मुख्य आधार भनेकै कृषि खेति भएकोले, आगामि आर्थिक वर्षमा कृषिमा थप कार्यक्रम ल्याउने बताए । साथै अध्यक्ष चौलागाइँले वडा–५ कार्कीवाड, गांरुवालाई कागती वस्ती घोषणा गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments