कर्णालीको माछाबाट राम्रो कमाई

सिमकोट, कर्णाली नदि छेउछाउमा बसोबास गर्ने स्थानीयको माछाबाट राम्रो कमाई हुने गरेको छ । हुम्ला जिल्लाको कवाडी देखि सिमकोट गाउँपालिकाको वडा नम्बर सातको डाँडाफयासम्म स्थानीय बासिन्दाहरुले कर्णाली नदिमा माछा मारेर राम्रो कमाई गर्ने गरेका हुन ।

गत मंसीर यता कर्णाली नदीबाट माछा मारेर बिक्री गर्दा डेढ लाख कमाई गरेको कवाडीमा व्यापार गरेर बस्नु भएको छप्कीलाल खड्काले बताउनु भयो । माछा मार्ने नयाँ प्रविधि नभए पनि पुरानै प्रविधिबाट माछा मार्ने र त्यही बिक्री गरेर कमाई राम्रो हुने गरेको उहाँले बताउनु भयो । खड्का मात्र होईन यसरी कर्णाली नदीबाट माछा मारेर बिक्री गर्ने उहाँ जस्तै डेढ सय भन्दा बढी हुम्लाबासीले बिक्री गर्ने गरेको उहाँले बताउनु भयो । यसरी पाँच महिनामा माछा बाट दुई लाखसम्म कमाई हुने पनि उहाँले बताउनु भयो । माछा सिजनमा कमाईको राम्रो माध्यम भएको पनि उहाँले बताउनु भयो ।

स्वाद तराईका माछा भन्दा फरक र मिठो हुने गरेपछि कर्णाली नदि छेउछाउमा बस्ने हुम्लाबासीले माछालाई काँचै र सुकुटी बनाएर बिक्री गर्ने गरेको सर्केगार्ड गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष कर्णजंग शाहीले बताउनु भयो । कम्तीमा कर्णाली नदी छेउका तीन दर्जन भन्दा बढी ठाउँमा माछा मार्ने काम हुने गरेको उहाँले बताउनुु भयो । हुम्लाको कर्णाली नदि क्षेत्र माछाको हब बन्ने संभावना पनि बढी भएको उहाँले बताउनु भयो । हुम्लामा माछाको मुल्य साढे तीन सय देखि पाँच सय र सुकुटीको एक हजार दुई सय पर्ने गरेको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments