आलुबाट १२ करोड आम्दानी

सुर्खेत, सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकाका कृषकले आलुबाट मात्रै वार्षिक १२ करोड आम्दानी भिœयाउने गरेका छन् । आलुको हब बनेको गुराँस गाउँपालिकाले पनि अहिले कृषकलाई आलु खेतीमा जोड दिँदै आएको छ । आलुले गाउँपालिकाको परिचय नै फेरिएको छ । परम्परागत रूपमा आलु खेती गर्दै आएका कृषकलाई आधुनिक प्रविधि र गाउँमा उन्नत बीउ उत्पादन गर्ने अभियानमा गाउँपालिका जुटेको छ । आलुबाटै कृषकको आर्थिक समृद्धि हासिल गर्न सकिने उद्देश्यका साथै लागेको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताउनुभयो ।

गुराँस गाउँपालिकाका चार हजार १०० घरधुरीमध्ये अहिले एक हजार २०० घरधुरीले व्यावसायिक आलु खेती गर्दै आएका छन् । आलु खेतीलाई व्यावसायिक रूपमा विस्तार गरी दुई हजार ५०० घरधुरीसम्म पु¥याउने योजना गाउँपालिकाले बनाएको छ । आलुलगायतका तरकारी उत्पादन हुने यस गाउँपालिकाका कृषकले यसबाट मात्रै वार्षिक १२ करोडभन्दा बढी आम्दानी भिœयाउने गरेका छन् । गाउँपालिकाको झण्डै आधा किसानलाई आलु खेतीमा लगाउने महìवकाङ्क्षी योजना सफल भएमा गाउँपालिका मात्रै होइन सिङ्गो जिल्लालाई नै आलुमा आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments