चौंरी गाई अग्ला पाटन तिर लैजान सुरु

सिमकोट , उच्च हिमाली क्षेत्रमा मात्र पालन हुने चौंरी गाई अग्ला पाटनतर्फ लैजान सुरु भएको छ । नौ महिना चार हजार मिटर भन्दा अग्ला क्षेत्रमा पालिने चौंरी गाई वैशाख दोस्रो साता पछि अग्ला लेकतर्फ लैजान सुरु गरिएको हो ।अग्ला पाटनमा पालिने चौंरी गाईलाई गर्मी सुरु भएपछि लेकतर्फ लगिएको नाम्खा पाँचका लाक्पा लामाले बताउनु भयो । यसपाली हिउँदमा धेरै हिमपात हुँदा चिसो बढे पछि निकै तल्लो क्षेत्रसम्म झरेका चौरी गाईहरु पाटनतर्फ लग्न थालिएको र अब आउदो मंसीर महिनासम्म उतै पालिने उहाँले बताउनु भयो । चौरी गाईका हेरालु पनि एकै पटक मंसीरमा घर फर्कने छन् । अग्ला पाटनमा चौरीलाई लिन थालिए पछि उजाड पाटनमा पनि चौरीका बथानले गर्दा रमाईलो देखिन थालिएको उहाँले बताउनु भयो । चौरी गाई पालिनुका साथै दुध र दहीबाट बन्ने परिकार पनि अब मंसीरमा आउने उहाँले बताउनु भयो ।

२७ वटा चौरीको सामुहिक पालन गर्नु भएका सिमकोट पाँचका दान बहादुर रावतले केही दिन अगाडी पाटनमा पुर्याएको बताउनु भयो । यसपाली चिसो बढी भएका कारण कहिल्यै पनि चौरी चराउन नलिईने सिमकोट पाँच कै कर्णाली नदी तिरको वन ठुलामेलामा लगिएको भए पनि अहिले भने चार हजार अग्लो छोवाखोरमा लगिएको उहाँले बताउनु भयो । उत्तरी हुम्ला जिल्लाका दोजाम, बरगाउँ, तोर्पा, लिमाटाङ, हुटिक, बुराउसे, सिमकोट तल्लो गाउँ, हेक्पा, ताङिगन, धिगां, लामा खोल्सी, गाडापारी, खगालगाउँ, केमी, याल्बाङ, याङ्गार, चाला, मुचु, तुम्कोट, यारी र लिमीका तिनै गाउँ ती, हल्जी र गाउँ जस्ता दुई दर्जन गाउँमा पाँच सय भन्दा चौरी पालिने गरिएकोमा अहिले ती सबै चौरी अग्ला पाटनतर्फ लैजाने क्रम सुरु भएको छ । अग्ला लेकमा पनि चौरी गाई रमाउन थालेको सिमकोट १ का वडा अध्यक्ष तारा बहादुर लामाले बताउनु भयो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments