घट्यो उखु खेती

विराटनगर, लागतअनुसारको मूल्य नपाएपछि पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती गर्दै आएका किसानले यस वर्ष यसैलाई दोहो¥याउने जाँगर चलाएनन् । उखुको मूल्यमा लामो समयसम्म बार्गेनिङ चलेपछि अन्योलमा परेका किसानले गत वर्षको तुलनामा ४०० बिघा जमिनबाट उखु हटाएका हुन् । तीन जिल्लामा पाँच हजार ४०० बिघा क्षेत्रफलमा दुई हजार ४०० किसानले उत्पादन गरेको उखु ११ लाख ८७ हजार ३५६ क्विन्टल इस्टर्न सुगर मिलले खरिद गरेको छ । अघिल्लो वर्ष दुई हजार १०० किसानले चार हजार ८०० सय बिघा जमिनमा खेती गरेर ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थिए ।

तर, आगामी वर्षका लागि खेती लगाउने सिजन सकिँदासम्म ४०० बिघाबाट उखु खेती विस्थापित हुँदै पाँच हजारमा झरेको छ । इस्टर्न सुगर मिलले यस वर्ष माघको १५ गतेदेखि उखु पेल्न थालेको थियो । सरकारले तोकेको ५३६ रुपियाँ ५६ पैसामध्ये ६५ रुपियाँ २८ पैसा कटाएर उद्योगीले ४७१ रुपियाँ २८ पैसा प्रतिक्विन्टल किसानलाई भुक्तानी गर्नुपर्नेमा ४४१ रुपियाँ २८ पैसा मात्रै दिएपछि किसानले खेती विस्थापित गर्नेतर्फ सोच बनाएका हुन् । समयमै उखु पेलाउन नपाएपछि वजनमा आएको ह्रासले धेरै क्षति बेहोर्नु परेपछि नयाँ खेती लगाउन चासो नदिएको किसान ध्रुवराज कोइरालाको भनाइ छ । गत वर्ष दुई हजार १०० किसानले बिक्री गरेको ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरे पनि यस वर्ष दुईहजार ४०० किसानले लगाएको उखु ११ लाख ८७ हजार ३५६ क्विन्टल मात्रै भएको मिलका प्रमुख उखु प्रबन्धक सुरेश मेहताले जानकारी दिनुभयो ।

उखु प्रबन्धक मेहताका अनुसार यसवषै दुई हजार ८०० किसानले उखुको नयाँ जात लगाएका छन् तर जमिनको क्षेत्रफल भने गत वर्षभन्दा ४०० बिघाले घटेको छ । यसै वर्ष लगाएको नयाँ खेतीले आगामी वर्ष प्रशस्त उत्पादनसमेत दिन सक्दैन । तीन वर्षे बाली उखु पहिलोभन्दा दोस्रो वर्षमा उत्पादन बढ्छ र तीन वर्ष पुगेसँगै विस्थापित गर्नुपर्ने हुन्छ । नयाँ बालीका रूपमा कात्तिकमा लगाएको र तीन वर्ष अगाडिको बाली पुसमै झिक्न नपाए वजनमा ह्रास हुने गर्दछ । कोसी उखु उत्पादक सङ्घका अध्यक्ष शिवलाल चौधरीका अनुसार यस वर्ष खेतीमै एक लाख क्विन्टल उखु सुकेर किसानले क्षति बेहोर्नुपरेको थियो । त्यसपछि मिलमा आएको समस्याले थप १५ दिनसम्म उखु पेल्न नपाएपछि किसानको क्षति अझै थपिएको थियो ।
मिलका उखु प्रबन्धक मेहताले यस वर्ष किसानसँग सम्झौता भएअनुसारको भुक्तानी साउनको दोस्रो सातासम्ममा गरिसक्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म माघ र फागुन महिना १५ गतेसम्म तौल भइसकेको उखुको भुक्तानी भइसकेको छ । एक साताभित्रै फागुन महिनाको भुक्तानी गरिने छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?