आँपमा राम्रो फल लागेपछि किसान खुसी

सर्लाही, यस वर्ष आँपमा राम्रो फल लागेपछि सर्लाहीका किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष आँपमा धेरै फल लागेको किसानले बताएका छन् । फूल फुल्ने बेला पटक–पटक हावाहुरी र असिना पानीले क्षति पु¥याए पनि फल भने रामै्र लागेको अत्रौलीका किसान रामविश्वास रायले बताउनुभयो । चैत अन्तिम साताको हावाहुरी र असिना पानीले आधाजसो फूल झारेको थियो तर बाँकी रहेका फूलबाट लटरम्म फल लागेको छ, रायले भन्नुभयो, पाकुन्जेल अहिलेको सबै फल जोगियो भने राम्रो आम्दानी हुन्छ ।

जिल्लाका किसान अहिले आँपको फल जोगाउन लागिपरेका छन् । केही–केही स्थानमा भेट्नो कुहिने समस्या देखिएकाले औषधोपचारमा ध्यान दिन कृषिविज्ञले सुझाव दिएका छन् । देशकै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा पनि यस वर्ष आँपमा राम्रो फल लागेको केन्द्रले जनाएको छ । आँप बिक्रीबाट जिल्लाका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । एक बिघको आँप र लिचीबाट खर्च कटाउँदा वार्षिक दुई÷अढाइ लाख रुपियाँ आम्दानी गर्दै आएको छु, चन्द्रनगर गाउँपालिका–१, किसानपुरका किसान रामपुनित महतोले भन्नुभयो, यो वर्ष पनि राम्रो फल लागेको छ, जेठ लागेपछि ठेक्का लगाउने तयारीमा छु । सर्लाहीमा उत्तरी भेगका अत्रौली, नवलपुर, ढुङ्गे्रखोला, ईश्वरपुरलगायतका क्षेत्रमा आँपको व्यावसायिक खेती हुन्छ भने घरायसी प्रयोजनका लागि जिल्लाभर नै आँप खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments