कन्ये च्याउ वर्षमा दुई पटक उत्पादन गर्न सकिने

सिमकोट, कन्ये जातको च्याउ हुम्ला जिल्लामा वर्षको दुई पटक उत्पादन गर्न सकिने भएको छ । यस अघि वर्षमा एक पटक मात्र च्याउ खेती गरिदै आएकोमा यसपाली परीक्षण गर्दा दुई पटक च्याउ खेती गर्न सकिने भएको हो ।

फागुनबाट कार्तिकसम्म नौ महिनामा दुई पटक कन्ये च्याउलाई खेती गर्नका लागि परीक्षण गर्दा सफल भएको सिमकोट गाउँपालिकाका कृषि शाखाका संयोजक नेत्र बहादुर शाहीले बताउनुभयो । यस अघि साउन देखि कार्तिकसम्म मात्र उक्त च्याउ खेती गरिदै आएको थियो । गाउँपालिकाका पाँच जना अगुवा किसानहरुलाई परीक्षणका लागि गत फागुनमा पाँच सेट कालो प्लाष्टिक र च्याउको बीउ सेट दिएकोमा अहिले च्याउ उत्पादन भएर बजारमा आउन थालेको उहाँले बताउनुभयो । अब हुम्लामा यो च्याउको संभावना देखिएको र बजार पनि भएको कारण किसानहरुले यो खेती गर्नतर्फ लाग्नु पर्ने उहाँले बताउनु भयो ।

फागुनमा परीक्षणका लागि च्याउ लगाएर अहिले उत्पादन भएको च्याउ बजारमा प्रति केजी पाँच सय रुपियाँमा बिक्री गरि रहेको सिमकोट २ की किसान प्रतिमा बोहराले बताउनु भयो । एक सय बीस जिएस कालो प्लाष्टिकको गृन हाउसमा एक लटमा चालिस केजी उत्पादन भएको र यसरी एक सिजनमा चार पटकसम्म च्याउ उत्पादन हुने उहाँले बताउनु भयो । परीक्षणका लागि लगाइएको च्याउ अहिले बजारमा बिक्रीका लागि आउन थालेको उहाँले बताउनु भयो । अहिले परीक्षणका लागि लगाएको र अब साउनमा व्यवसायिक रुपमा च्याउ खेती गर्ने उहाँले बताउनु भयो । अहिले उत्पादन भएको च्याउ खरिदका लागि ग्राहकहरुबाट फोनबाट अर्डर आउने गरेको उहाँले बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments