चितवन दूधमा आत्मनिर्भर

चितवन — दूध उत्पादनमा चितवन आत्मनिर्भर भएको छ । रत्ननगरमा बुधबार भेला भएका सयौं किसानहरू माझ प्रदेश–३ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावादोर्जे लामाले दूध उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेका हुन् । जिल्लामा दैनिक आवश्यक पर्ने न्यूनतम दूधभन्दा १ लाख ३४ हजार लिटर बढी उत्पादन भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा उक्त घोषणाकार्यक्रम राखेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार दुई महिनासम्म तथ्यांक संकलन गरेर निकालेको यथार्थ विवरणका आधारमा जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर घोषणा गरेको हो ।

चितवनमा दैनिक गाईको दूध २ लाख २४ हजार १५६ लिटर र भैंसीको ६५ हजार १ सय ८३ लिटर उत्पादन हुने डा. श्रेष्ठले जानकारी दिए । ‘हामीले जिल्लाका सातैवटा स्थानीय तहबाट संकलन गरेको विवरणका आधारमा जिल्लाको कुल जनसंख्या ६ लाख २४ हजार २ सय ९९ हुन आउँछ । यो जनसंख्याका लागि न्यूनतम १ लाख ५६ हजार ७५ लिटर दूध आवश्यक पर्छ,’ डा.श्रेष्ठले भने ।

एक व्यक्तिलाई न्यूनतम २५० मिलिलिटर दूध आवश्यक पर्ने विवरणका आधारमा आवश्यक दूधको परिमाण यकिन गरेको उनले बताए । जिल्लामा दैनिक २ लाख ८९ हजार ३ सय ४० लिटर दूध उत्पादन हुने गरेको छ । न्यूनतम आवश्यकताभन्दा धेरै दूध उत्पादन भएकाकारण आत्मनिर्भर घोषणा गरेको डा. श्रेष्ठले बताए । उत्पादितमध्ये ५७ प्रतिशत दूध जिल्लामै खपत हुन्छ । बाँकी ४३ प्रतिशत अन्य जिल्ला जान्छ ।

काठमाडौं, पोखरालगायतका बजारमा चितवनको दूध बिक्री हुने गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव किशोर बगालेका अनुसार बाहिरी जिल्लामा दैनिक ६४ लाख५३ हजार १०१ रुपैयाँ बराबरको दूध बिक्रीहुन्छ । जिल्ला बाहिर र भित्र बिक्री हुने गरेर चितवनमा दैनिक १ करोड ५० लाख ४५ हजार ६ सय ७७ रुपैयाँ बराबरको दूध बिक्री हुने उनले बताए ।

‘दूध उत्पादन बढेको छ । आत्मनिर्भर भएको घोषणा गरेर हामीले यहाँका किसानको मिहिनेतको कदर गर्न खोजेका हौं । उत्पादन बढेसँगै यो व्यवसायको सुदृढीकरणका लागि थप कामहरू गर्नुपर्ने हुन्छ । डेरी उद्योगहरूलाई अत्याधुनिक बनाउनु छ । यो विषयमा नीति निर्माताको ध्यान जानुपर्छर्,’ डा. श्रेष्ठले भने । उत्पादनसँगै गुणस्तर सुधारमा किसान, निजी र सरकारी निकाय मिलेर काम गर्नुपर्ने उनले बताए ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले मिहिनेतअनुसार किसानले प्रतिफल नपाएको गुनासो गरे । ‘दाना चोक्करको मूल्य ४० प्रतिशतभन्दा बढी हुँदा किसान पुरानै मूल्यमा दूध बेच्न बाध्य छन् ।

किसानले मिहिनेतअनुसारको मूल्य पाउन अब कम्तीमा प्रतिलिटर १० रुपैयाँ किसानले नै पाउने गरेर दूधको मूल्य बढाउन आवश्यक छ,’ उपाध्यक्ष पोखरेलको माग थियो । कार्यक्रममा प्रदेशमन्त्री लामाले किसानलाई उपलब्ध हुने प्रतिलिटर ५१ पैसा अनुदान रकम वितरण पनि गरे । सहकारीमा दूध बेच्ने किसानहरूले त्यस्तो अनुदान पाउँछन् ।

७४ वटा दुग्ध सहकारीले कुल ९० लाख रुपैयाँ बराबरको त्यस्तो अनुदान पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले बताए ।थप १६० किसानले दुई लाख रुपैयाँ बराबरको अनुदान पनि पाए ।कान्तिपुर

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *