खाद्य सामग्रीको मूल्यवृद्धि उच्च : सबैभन्दा बढी काठमाडौंमा

काठमाडौं : कोरोना भाइरसको सन्त्रासका बीच खाद्य सामग्रीमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन–चैत)सम्मको आंकडा अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ ।

यसअवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्यवृद्धिदरलाई नियन्त्रण भित्र राख्न गैरखाद्य तथा सेवा समुहले सहयोग गरेको हो । यी समुहको मुद्रास्फीति ४.४८ प्रतिशत देखिएको छ ।

नेपाल राष्ट्र बैंकका नेपालीको भान्सामा प्रयोग हुने सबैजसो खाद्यवस्तुको मूल्यवृद्धिदर उच्च रहेको छ । तरकारी, फलफुल , मसला र दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च देखिएको छ । यसअवधिमा गैरखाद्य तथा सेवासमुहतर्फ शिक्षा, स्वास्थ्, लुगा तथा जुत्ता उपसमुहको मुल्यवृद्धि सामान्य देखिएको छ ।

सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौंमा

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । यस अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशतको मूल्यवृद्धि भएको छ । तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशतको मूल्यवृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चैतसम्म यी क्षेत्रमा क्रमशः ४.७४, ३.९५, ४.८० र ६.२० प्रतिशतको मूल्यवृद्धि रहेको थियो ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments