लाखौंको खुर्सानी बारीमा नै कुहियो ,पाल्पाका किसानहरु मारमा

सुमन कार्की
पाल्पा : कोभिड १९ को कारण जिल्लाका व्यवसायिक रुपमा खुर्सानी खेती गरेका कृषकहरु मारमा परेका छन् । करिव १ सय हेक्टर क्षेत्रफलमा उन्नत,हाईव्रिड जातको वीउको प्रयोग गरी व्यवसायिक रुपमा खेती गरेका कृषकहरुद्धारा उत्पादित खुर्सानी वजार पुर्याउन नपाउदा उनीहरु मारमा परेका हुन् ।

स्थानीय सरकारको निर्माण पछि स्थानीय सरकारको सहयोग र समन्वयमा व्यवसायिक रुपमा खुर्सानी खेती गरेका कृषकहरुले खुर्सानी वालीलाई प्रमुख नगदे वालीको रुपमा अपनाउदै आएका थिए ।

कोरोना भाइरसका कारण देशव्यापीरुपमा होटल, रेष्टुरेन्ट राम्रोसंग सञ्चालनमा आउन नसक्नु, सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आउन नसक्नु, स–साना कृषकहरुको वजार सम्मको पहुँच नपुग्दा लाखौ रुपैयाँको उत्पादित खुर्सानी यतिवेला वारीमै कुहिने अवस्थामा पुगेको किसानहरु वताउछन् ।

विगतका वर्षहरुमा तराईका क्षेत्रमा उत्पादित वस्तु जिल्लाका वजारमा आएपछि स्थानीय सरकारले आयातलाई प्रतिस्थापन गर्ने उद्धेश्यले व्यवसायिक रुपमा खुर्सानी उत्पादन गरेपछि आम्दानीको मुख्य वाटो वनेको थियो । यस वर्ष वजार पुर्याउन नपाउदा आम्दानीको मुख्य श्रोतनै बन्द भएको छ ।

पाल्पाको बग्नासकाली गाँउपालिकाले चितुङ्गधारा र माथागढी गाँउपालिकाले झडेवालाई खुसर्नानीको पकेट क्षेत्रको रुपमा विस्तार गरेका छन् । बगनासकाली गाँउपालिकाले १ सय रोपनी क्षेत्रफललाई खुर्सानीको पकेट क्षेत्र वनाए पनि कृषकले उत्पादित वस्तुलाई वजारीकरण गर्न नपाउदा कृषकहरु मारमा परेको बगनासकालीकी कृषक विष्णु झेडी वताउछिन् । कृषक झेडीका अनुसार खुर्सानी मात्र नभइ अन्य तरकारी समेत वजार पठाउन समस्या भएको वताउछिन् ।

लामो समयसम्म भएको लकडाउनको प्रभावलाई न्यूनीकरण गर्न स्थानीय सरकारले ढुवानी अनुदान, कृषि एम्बुलेन्स सञ्चालन गरेपनि कोरोना नियन्त्रणमा स्थानीय सरकारको ध्यान केन्द्रित हुँदा कृषकको समस्या ओझेलमा परेको हो ।

यस वर्ष राम्रो आम्दानी लिने सपना वुनेर गत वर्षको तुलनामा यस वर्ष खुर्सानी धेरै क्षेत्रफलमा लगाएको भए पनि लामो समयसम्मको लकडाउन र बजारीकरणको समस्याले गर्दा पाकेका खुर्सानी वारीमै सड्ने अवस्थामा पुगेको कृषक कान्ति झेडी वताउछिन् ।

सदरमुकाम तानसेनंसगै सिमाना जोडिए पनि वजारीकरणमा समस्या भएका कारण कृषकहरु थप मर्कामा परेका छन् । विगतका वर्षदेखि परम्परागत खेति प्रणाली त्यागेर व्यवसायिक खुर्सानी खेती गरेकी इश्वरीकला झेडीले यस वर्ष घाटामा जानु पर्ने गुनासो सुनाइन । नगदेवालिका रुपमा स्थापित हुन् लागेको खुर्सानी खेतीलाई मौसमी प्रतिकुलता, सडक समय समयमा अवरुद्ध हुदा पनि कृषकहरुलाई थप समस्या परेको छ ।

वगनासकाली गाँउपालिकाका कृषि शाखाका प्रमुख राजेश वोहोरा पनि लामो समयको लकडाउनका कारण वजारीकरण हुन नपाउँदा कृषकहरु मार परेको वताउदै कृषि शाखाको तर्फवाट ठूला साना व्यवसायीहरु सँग समन्वय गर्दै आएको र हरेक किसिमका पहलहरु भैरहेको भन्दै जुनवेला गाँउपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको थियो त्यहीवेला कृषकहरुले भर्खर खुर्सानी लगाउदै गरेको हुनाले पनि अहिले खुर्सानी कृषकहरु मारमा परेको वताउछन् ।

कृषकहरुको समस्या समाधानको लागि प्रदेश,संघीय सरकारले समेत सहयोग गर्ने हो भने कृषि व्यवसाय सवैको रोजाई वन्ने थियो । अन्यथा कृषि यहि अवस्थामा रहे कृषकहरु कृषि व्यवसायवाट विस्थापित हुने देखिन्छ । न्युज 24 मा खबर छ.

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments