नेपाली अलैँचीको पहिलो पटक जात दर्ता हुँदै

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन्। डढुवा रोगका कारण बारीभरिका

इलाम, विदेशी मुद्रा आर्जनको एक हिस्सा रहेको अलैँचीको नेपाली जात दर्ता प्रक्रिया थालिएको छ ।नेपालमा खेती सुरु भएको दुई सय वर्ष बितिसक्दा पनि कुनै पनि जात र नाम दर्ता प्रमाणीकरण भएको थिएन । इलामको सूर्योदय नगरपालिका–पान्दामस्थित अलैँचीको केन्द्रीय कार्यालय अलैँची विकास केन्द्रले अलैँचीको नेपाली जात दर्ता प्रक्रिया अघि बढाएको हो ।

नेपालमा खेती हुँदै आएका गोलसाई, रामसाई, डम्बरसाई, भलाङ्गे र जिर्मले गरी पाँच जातको दर्ता प्रक्रिया थालिएको केन्द्रले जनाएको छ । बीउबिजन गुण नियन्त्रण केन्द्र हरिहर भवनले जात दर्ताको काम गरिरहेको छ ।‘अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएन, जात दर्ता गर्नु भनेको बच्चाहरूको जन्म दर्ता गरेजस्तै हो । ’ अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले भन्नुभयो, ‘जात दर्ता गरेर नामकरण गरेपछि विश्वमा नेपाली जातको अलैँची चिन्न सकिन्छ, कसैले पनि नेपाली जातमाथि धावा बोल्न सक्दैन । ’

केन्द्र प्रमुख अधिकारीका अनुसार गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा विसं १८५० देखि खेती गर्न थालिएको हो । यो अलैँची समुद्री सतहदेखि एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइसम्म खेती हुने गरेको छ । प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैँची ५९ हजार हेक्टरमा खेती हुन्छ ।यस्तै जिर्मले जातको अलैँची रोङ गाउँपालिकामा खेती हुन्छ । स्थानीय किसान धनबहादुर स्याङ्बोले १५० वर्षअघि सुरु गरेको यो जातको अलैँची खेती अहिले छ हजार हेक्टर जमिनमा खेती हुन्छ । छ सयदेखि एक हजार दुई सय मिटर उचाइभित्र खेती हुने यो अलैँचीप्रति रोपनी ४५ किलोका दरले उत्पादन हुने गरेको केन्द्रको तथ्याङ्क छ ।

१७० वर्षअघि सुरु गरिएकोे अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ । प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने यो अलैँची अहिले एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा रोपिएको छ । यो अलैँची पनि छ सयदेखि एक हजार दुई सय मिटर उचाइभित्र खेती हुने गरेको छ ।एक हजार पाँच सयदेखि दुई हजार तीन सय मिटर उच्चाइसम्म खेती हुने रामसाई जातको अलैैँची विसं १८५० मा नेपालमा खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैँची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । सोही उचाइमा खेती हुने अर्को जात भलाङ्गे पनि विशेष गरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने गरेको छ । प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैँची तीन हजार हेक्टर जमिनमा खेती गरिन्छ ।

यी पाँचवटै जातको अलैँचीको अध्ययनपछि प्राविधिक समितिबाट पारित भएर बीउबिजन गुण नियन्त्रण केन्द्रमा पुगि सकेको छ । ‘गत वैशाखतिरै जात दर्ताको काम सक्किनुपर्ने हो, लकडाउनका कारण हामी पनि जान सकेनौँ, अब केही समयमै दर्ताको काम पूरा हुनेछ,’ केन्द्र प्रमुख अधिकारीले भन्नुभयो, ‘जात दर्ताका लागि राष्ट्रिय जिन बैङ्कमा सबै जातको बीउ राखिएको छ । यदि कुनै जातको बीउ मासियो भने जिन बैङ्कमा त्यो सुरक्षित रहन्छ । ’जात दर्ता भएपछि नेपाली अलैँचीले एउटा फड्को मार्ने अधिकारीको भनाइ छ । ४.५ देखि ६.० सम्म अम्लीयपना भएको माटोमा फस्टाउने अलैँची खेती आर्थिक वर्ष २०७५/०७६ मा नेपालका ५४ जिल्लामा १५ हजार ५५ हेक्टर जमिनमा खेती भएको छ । यहाँ सात हजार नौ सय ५४ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । अलैँची, मसला र आयुर्वेदिक औषधि बनाउन प्रयोग हुने गरेको बताइएको छ ।
गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?