विदेशबाट फर्केर कुखुरा पालन ब्याबसायमा रमाउदै भण्डारी

युबराज भण्डारी

गुल्मी : धुर्कोट गाउँपालि ६ कुतिखोलाका २९ वर्षिय हरि भण्डारी विदेशबाट फर्केर आफ्नै इलम गरेर बसेका छन्। लाखौं ऋण लिएर रोजगारीका लागि उडेका भण्डारीले झण्डै ६ वर्ष विदेशको तातो घाममा पैसा कमाउनकै लागि विताए । खासै कमाइ गर्न नसकिएपछि खर्च जुटाएर घर फर्किएको उनले रिपोर्टिङ गर्न पुगेका स्थानीय युबा युबराज भण्डारी लाई बताए ।

स्थानीय युबा भण्डारी सग कुरा गर्दै भण्डारीले भने स्वदेश फर्किसकेपछि के गर्ने भन्ने मेलोमेसो त्यति थाहा नपाएका भण्डारी गाउँमै पोल्टी फर्म खोलेर कुखुरा पालनमा जुट्ने निधो गरे । भण्डारी भन्छन, ‘यताको सबै माहोल हेर्दा त कहिले फेरी विदेश जाऊ जस्तो पनि हुन्थ्यो ।’ तर गाउँकै युवा हस्त बुढाले उनलाई ठुलो उर्जा दिए । स्वदेशमै केहि इलम गरे सुन फल्छ किन विदेश धाउने भन्ने कुरा साथीले गरेपछि अहिले ‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, अर्काको देशमा गई दुःख गर्नु भन्दा त यतै राम्रो लागेपछि कुखुरा पालनमा जुटेकाे बताउछन्।

कुखुराका अन्डा टिप्दै उनले भने, ‘अब विदेश जाने सोच छैन, गाउँमै व्यवसायीक रुपमा कुखुुरा पालन गर्दै आएको ८ महिना भयो । आफ्नै देशमा दुःख गरी मनग्य आम्दनी गरिरहेको छु ।’ विदेशमा ६ वर्ष काम गरेर आएका उनले कुखुरा पालनबाट झन्डै मासिक ३० हजार बढी आम्दानी गरिरहेको सुनाए । विदेशबाट ठुलो ठक्कर खाएर जन्मभुमि सम्झी आएका भण्डारीले कुखुरा पालन गरेका हुन् ।

आफ्नै ५ लाख बढीको लगानीमा ८० ओटा लोकल कुखुरा र २०० ओटा लेहर्स जातका कुखुरा पालन गरेका छन् । कुखुराले दैनिक ८० देखि १०० ओटा सम्म अन्डा पर्दछन। पहिला ६ वर्ष विदेश बसेको र बिदेशीबाट आएर आजभोली कुखुरा पालन गरेको उनकी आमाले बताउछिन् । छोेरो राम्रो बाटोमा लागेर आफ्नै देशमै केही गर्न थालेको प्रति उनी निकै खुसी छन् । त्यस्तै उन्का बुबा धनिशोर भण्डारि पनि उस्तै खुसी छन् । विदेशबाट आएकाहरु कोहि घरमा बस्दैनन्, बसेपनि व्यापार व्यवसाय कसैको छैन्, तर आफ्नो छोरो गाउँमै बसेर कुखुरापालन व्यवसायमा लाग्दा सारै राम्रो काम गरेको सुनाए ।

कुखुरा पालनको तालिम नलिएपनि विदेशमा गएर उनले आफ्नै ठाउँमा केहि गरेर नाम कमाउने ईखले नै कुखुरापालनमा लागेको बताउछन् । हाल झण्डै २ सय ५० बढी कुखुरा छन् । सिजनअनुसार कारोबार राम्रो हुने गरेको छ ।

‘विदेशमा भौतारिनुभन्दा यँही काम गर्ने जाँगर चल्यो, भण्डारीले भने। विदेशिएकाले कमाउन भन्दा राम्रो सुरक्षित रुपमा यही मनग्य कमाएपछि किन जानु पर्योे विदेश भन्दै व्यंगे समेत गरे । निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले अण्डादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लिन्छन, कोहि टाढा बाट आउनेहरु अर्डर थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको भनाइ छ ।

‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरा पालनमा लागे यसैको आम्दानीले जीवनस्तर अहिले माथि उठेको छ । भण्डारीका अनुसार अब यसै व्यवसायलाई दिगो बनाएर, व्यवसायीक रुपमा चल्ला उत्पादन गरी सप्लार्यस बन्ने याेजना रहेकाे छ । स्थानीय सरकारले सहयोग गरेको खण्डमा अन्यलाई रोजगारी दिने हिसाबले व्यवसायलाइ थप ठूलाे बनाउने भण्डारीले बताए।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments