नेपालमा प्राङ्गारिक खेती र यसको आवश्यकता एवं संभावना

प्राङ्गारिक खेती

प्राङ्गारिक खेती एउटा समग्र उत्पादन प्रणाली हो जसको मूल आधार कृषि र पशुपालन हो । कृषिजन्य वस्तुहरु जस्तै खाद्यान्न, फलफूल, दूध एवं दूधजन्य पदार्थ, मासु, अण्डा, कपासको उत्पादन तथा यी वस्तुहरुको प्रशोधन प्राङ्गारिक पद्धतिबाट गरिन्छ । यसले आफ्नो फार्म भन्दा बाहिरबाट आपूर्ति हु ने कृत्रिम कृषि सामाग्रीहरु जसले वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पार्छ, त्यस्तालाई निरुत्साहित गर्छ र आन्तरिक व्यवस्थापनलाई बढी जोड दिन्छ । प्राङ्गारिक खेतीको मुख्य उद्देश्य भनेको पारिस्थितिक प्रणालीमा सन्तुलन, कम लागतमा गुणस्तरीय खाद्यवस्तु उत्पादन हो । यो हासिल गर्न संभव भए जति खेती प्रणाली, जैविक र यान्त्रिक उपायको खोजी गर्दै वनस्पति र जीवजन्तुको जैविक तथा बंशाणु क्षमताको अधिकतम प्रयोग गरिन्छ ।

प्राङ्गारिक उत्पादनमा उपयुतm बालीचक्र, बालीको अवशेष, कोशेबाली, सुक्ष्मजीवाणु मल, हरियोमल, कम्पोष्ट मल, गाईवस्तु र पशु पंक्षीको मलमूत्र, मानव मलमूत्र, पिना, भर्मीे कम्पोष्ट मल, हाडको धूलो, बजारमा उपलब्ध हु ने फोहरमैला, पशु पंक्षीको अवशेषमा आधारित हुन्छ । वोट विरुवामा लाग्ने रोग र कीरा नियन्त्रणका लागि मित्रजीवहरु एव वनस्पतिबाट उत्पादित जैविक विषादीको प्रयोग गरिन्छ । त्यसै गरी झारपात रोकथामका लागि भौतिक, कृषिगत कार्य र जैविक विधि अपनाईन्छ ।

नेपालको सन्दर्भमा विविधतापूर्ण पारस्थितिकीय प्रणालीको संरक्षण एवं उपयोग गर्दै प्राकृतिक श्रोतमा आधारित प्राङ्गारिक खेतीलाई विकास गर्न सकिने संभावना प्रशस्त रहेको छ । साथै हाम्रो स्थानीय मौलिक विधि र तरिकाबाट उत्पादित कृषि उपजबाट पनि तुलनात्मक लाभ लिन सकिन्छ । रासानिक मल तथा विषादीको प्रयोगको दृष्टिकोणबाट हाम्रो कृषि प्रणालीलाई संक्षेपमा सिंहावलोकन गर्दा सबैभन्दा बढी शहर वरिपरिका व्यावसायिक पकेटहरु, त्यसपछि क्रमशः तराई क्षेत्रको भूमि र पहाडी क्षेत्रका यातायात पहुँच भएका राजमार्ग छेउछाउका स्थानहरु पर्दछन् । यस बाहेक बाँकी अधिकांश भूमि करीब ७० प्रतिशत भन्दा धेरै अझै पनि प्राङ्गारिक खेती प्रणालीमा आधारित छ । नेपालका कृषकहरुसंग औसत प्रति परिवार करीब ०.५ हेक्टर भन्दा कम जमीन भएको हुँदा गरिब किसानहरुलाई समेट्न र उत्पादनमा दिगोपन ल्याउन प्राङ्गारिक खेती प्रणाली एक राम्रो वैकल्पिक उपाय हुन सक्छ ।

प्राङ्गारिक खेती श्रममूलक व्यावसाय हो । उत्पादनदेखि लिएर कटाई, चुटाई तथा उत्पादनोपरान्त गरिने कार्यहरु जस्तै ग्रेडिङ, प्याकेजिङ्ग, भण्डारण, बजारीकरणमा बढी श्रमको आवश्यकता पर्छ । यसमा ठूलो जनशक्ति समावेस हुन्छ र यसले गर्दा रोजगारी सिर्जना हुन्छ । हाम्रो देशमा ठूलो संख्यामा रहेका अर्धदक्ष बेरोजगार युवाहरुलाई यस कार्यमा लगाउन सकिन्छ । जबकी अन्य मृलकमा यस्तो सस्तो श्रमशक्ति पाउन समस्या छ । त्यसैले हामीले उत्पादन गर्ने प्राङ्गारिक उपजको मूल्य अरु देशको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सस्तो पर्न जान्छ र त्यसले बजारमा सजिलै प्रतिस्पधा गर्न सक्छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भैसकेको सन्दर्भमा कृषि वस्तुको गुणस्तर कायम गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीको सामना गर्न प्राङ्गारिक खेती नेपाली कृषकहरु र व्यवसायीहरुको लागि बरदान सावित हुनसक्छ ।

लेखक : अनिष अधिकारी (कृषि विद्यार्थी, छैठौ सत्रान्त, लमजृङ क्याम्पस)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments