नेपालका कृषि प्रणालीका अवसरहरु र सीमितताहरु

नेपाल कृषि प्रधान देश हो। दक्षिण पूर्वि एशियामा अबस्थित यो देश चीन र भारतको बीचमा रहेको छ। भौगोलिक हिसाबले हेर्दा नेपाल तीन अलग-अलग क्षेत्रहरु मा विभाजित छ,तराई क्षेत्र, पहाडी क्षेत्र र हिमाली क्षेत्र। यी क्षेत्रहरूमा पाइने कृषि प्रणाली, मौसम र स्रोतहरू एक अर्कामा फरक छन्। यीनै भिन्नताका कारण देशभर विविध कृषि प्रणालीहरू रहेका छन। तराई क्षेत्रको कृषि प्रणाली हिमाली क्षेत्र र पहाडी क्षेत्र सङग मिल्दैन र एक अर्का सङ फरक रहेको छ।

तराईको कृषि प्रणाली

तराईले नेपालको कृषि जीडीपीमा 47% योगदान पुर्‍याउँएको छ, जुन तीन प्रमुख कृषि-पारिस्थितिक क्षेत्रहरूमा भन्दा उच्च रहेको छ। वालीले घरेलु आम्दानीमा 80% योगदान प्रदान गर्दछ र कृषि उत्पादनमा उच्च पनि रहेको छ। यो क्षेत्र तरकारी खेती प्रणालीमा पनि प्रबल छ। तराई क्षेत्रका अन्य नगदी बालीहरू उखु,जूट, सुर्तिजन्य र कपास आदि हुन्। घरेलु आम्दानीमा पशुधनको योगदान करिब २०% अनुमान गरिएको छ ।अन्य उद्यममा फल, तरकारी, माछा पालन, सेरीकल्चर, च्याउ खेती आदि रहेका छन।

तराईका बिभिन्न खेती प्रणाली

सिंचाइत lowland

धान – गहुँ – मकै
धान – आलु – fallow(खाली)
धान – मटर – चामल
धान – मसूर – तरकारीहरू
धान – सरसों / मटर – तरकारीहरू

Partially सिंचाइत lowland
धान – गहुँ – fallow
धान – सरसों / मटर – फिल
धान – मसूर – fallow
उखु- fallow

Upland

मकै – तोरी

तराईमा खेती प्रणालीका अवसरहरू

यो क्षेत्र नेपालको दक्षिणी भागमा पूर्व पश्चिम दिशामा अवस्थित छ, र लगभग 58% खेती गरिएको भूमि ओगटेको छ। यहाँको जमिन उर्वर र उत्पादक छ र खेतीका लागि धेरै बालीहरू उपयुक्त छन्।सिंचाईको राम्रो सुविधा रहेको छ ।कृषिलाइ चाहिने इनपुटहरू उपलब्ध छन्।cropping intensity उच्च रहेको छ ।यस क्षेत्रमा कृषि उद्यमशीलता अत्याधिक रहेको छ।

सीमितताहरू

यस क्षेत्रमा दिनहु जंगल,र स्रोत-साधनहरूको विनाश भइरहेको छ। भूक्षय र बाढीको कारण कृषि योग्य जमिन घटिरहेको छ। भूमि विखंडन गरेर स-साना भूमिमा परिवर्तन गर्ने क्रम बढेको छ। वालीहरूमा पानी व्यवस्थापन र सीमित सिंचाई सुविधा छ अनि कम जैविक पदार्थ भएका सामग्री, सूक्ष्म पोषकतत्व,र रासायनिक मलको व्यापक प्रयोग गरिएकाले माटोको उत्पादन क्षमता घट्दै गएको पाइन्छ। त्यसैगरी पशु पालनका लागि प्रशस्त घाँसहरूको अभाव देखिन्छ र विशेष गरी फलफूलहरू उत्पादन प्रणालीमा, बाली उत्पादन प्रणालीमा विविधीकरण र व्यावसायीकरणको अभाव रहेको पाइन्छ।अनत्तः कृषि प्रणालीमा न्यून विविधता देखिएको छ।

पहाडी खेती प्रणाली

पहाडी क्षेत्रमा agroforestry खेती प्रणाली पाइन्छ। यहाँ मिश्रित बाली-पशुपालन उत्पादनको अभ्यास रहेको पाइन्छ।यहाँ टोपोग्राफी, हावा, वर्षा वितरण, माटो , सौर्य विकिरणको संयोजन, परम्परागत अभ्यास र अनुभवहरूलाई समाहित गर्ने अनौठो र जटिल खेती प्रणालीको जन्म भएको छ। तल्लो पहाडी क्षेत्रमा सिँचाइको लागि पानी उपलब्ध रहेकाले वर्षको कम्तिमा एक पटक धान उब्जाउँन सकिन्छ। त्यस बाहेक जुम्लामा समुद्री सतहबाट २५०० मिटर माथि धान उब्जाउ गरिन्छ।

यहाँका मुख्य वालीहरूमा धान,गहुँ र मकै पद्छन्। अन्य बागवानी बालीहरू जस्तै तरकारी, फलफूल, फूलहरू पनि लगाइने गरिन्छ। यहाँका बारीहरूमा मकै,तोरी, तरकारी, सुन्तला, निम्बू, प्लम, नाशपाती, आम, ग्वाजा, केरा, अनानास, उखु, सुर्ती, जौ, गहुँ उब्जाउ गरिएको हुन्छ। प्रमुख जनावरहरू गाईवस्तु, भैंसी र बाख्रा आदि पर्द्छन्।

Cropping प्रणाली

सिंचाइत lowland

धान- गहुँ – मकै
धान – आलु – मकै
धान – गहुँ – तरकारी
धान – दाल – तरकारीहरू
धान – तरकारी – धान

Upland

मकै + बाजरा – कालो चना
मकै – बाजरा – तरकारीहरू
मकै + फलहरू – आलु
मकै + घैया – तरकारीहरू
घैया – Legumes – Fallow(खाली)

अवसरहरू

यो क्षेत्र कृषि जैविब विविधतामा निकै धनी छ। यहाँ मौसम अनुसार विभिन्न् वालीहरू लगाउन सकिन्छ। यहाँका स्रोत र साधनहरूले उत्पादनमा वृद्धि पुराएका हुन्छन्। पर्यटन विकास र अन्य enterprises को विकासको उच्च सम्भावना रहेको छ।

सीमितता

यहाँका कृषक परम्परागत कृषिमै निर्भर रहेका छन्। तरकारी खेती प्रणाली, फल खेती प्रणाली र offseason तरकारी उत्पादनमा वृद्धि हुन सकेको छैन ।कृषक सङ जमिन थोरै छ र भूमि विखंडन गर्ने क्रम बढेको छ। भूक्षय र पहिरोको कारणले उब्जाउ माटो घटेको छ जैविक पदार्थको कमि भएको छ र अम्लीयता बढेको छ। पशुधन र बाली उत्पादन क्षमता घट्दो छ।श्रम अभाव पनि बढेको छ। इनपुट र सिंचाई सुविधाहरूको अभावले गर्दा बालीनाली र पशुधनको कम उत्पादन भएको छ।

हिमाली खेती प्रणाली

यहाँको प्रमुख खेती प्रणाली पशुपालनमा आधारित छ।यहाँका प्रमुख बालीहरू आलु, जौ र फापर हुन्।यस क्षेत्रमा पाइने प्रमुख फलहरू स्याउ, नाशपाती, बदाम, बेर, एप्रिकोट्ट हुन्।Transhumant पशु पालन प्रणाली पनि यहाँ पाइन्छ।बाख्रा, भेडा, लुलु र किर्को गाईवस्तु, चौरी, तिब्बती घोडा, याक र नाकहरू यहाँका प्रमुख जनावरहरू हुन्।
यस क्षेत्रका किसानहरूले आफ्नो आम्दानी मुख्यतया पशुपालनबाट लिन्छन्।

Cropping प्रणाली

मकै – तरकारी – fallow
आलु – आलु – fallow
मकै – गहुँ – – fallow
नाइजर – आलु – fallow
मकै – fallow – fallow

अवसरहरू
जैव विविधताको उचित उपयोग , पर्यटन विकास, वैकल्पिक कृषि, र पशुपालन विकासका मुख्य अवसर रहेका छन्।

सीमितताहरू
खाद्य असुरक्षा ,ecosystem मा परिवर्तन,सिचाइमा कठिनाइ,अत्याधिक चिसो,पशुहरू चर्ने जमिन घट्दै जानु,अन्य क्षेत्रहरूको भन्दा ठाडो भूमि, कम उर्बर र खण्डित जमिन ,बाली पाक्न लामो समय लाग्ने, कृषिमा युवाहरूको कमि र विदेशीनु, कम अवसरहरू अनि सडक, बिजुली, बजार वा आधुनिक सञ्चार प्रणालीहरूको थोरै पहुँच जस्ता सीमितताहरू रहेका छन्।

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments