किसानको आयस्तर वृद्धि गर्न भैसी अनुदानमा

किसानलाई भैँसी

काभ्रे ।

काभ्रेको नमोबुद्ध नगरपालिकाले व्यवसायीक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण सुरु गरेको छ ।

वडा नं. १० का ५५ जना पशुपालक किसानलाई ८० प्रतिशत अनुदानमा थोरे भैसी वितरण वितरण गरिएको हो ।

दूधमा आत्मनिर्भर बनिसकेको नगरपालिकामा पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउन अनुदानमा भैसी वितरणको गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो ।

वडा नं १० का वडा अध्यक्ष रामकृष्ण अधिकारीले वडामा वितरण गरिएका भैसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैसीपालक किसानलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि गर्नुभएको छ ।

एकल महिला, असहाय र लामो समयदेखि पशुपालनको क्षेत्रमा लागेका किसानलाई प्राथमिकताको आधारमा भैसी वितरण गरिएको नगरपालिकाले जनाएको छ । -इमेज खबर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments